तरकारीको बजार भाउ आकासियो, बिचौलिया हावी | Khabarhub Khabarhub

तरकारीको बजार भाउ आकासियो, बिचौलिया हावी


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवार गोलभेडाको औसत मूल्य ११५ रुपैयाँ प्रति केजी तोक्यो ।

जुन गत महिना भन्दा करिब दोब्बर हो । वैशाख ०३ गते समितिले टमाटरको मूल्य प्रति केजी ६५ रुपैयाँ तोकेको थियो, ठयाक्क एक महिनापछि (आज) टमाटरको मूल्य ११५ रुपैयाँ पुग्दा, टमाटरको भाउको बहस जताततै चुलिएको छ ।

कलिमाटीको मूल्य सूची निहाल्ने हो भने टमाटर मात्र हाइन प्रायः सवै तरकारीहरुको मूल्य बढेको पाइन्छ । यस वर्ष टमाटरसँगै रायो साग र हिरयो प्याजको मूल्य पनि अत्याधिक नै बढेको छ । बैशाखमा प्रति केजी ६५ रुपैयाँमा बिक्री भइरहेको रायो साग जेष्ठमा ११५ रुपैयाँ प्रति केजी पुगेको छ । त्यसैगरी हरियो प्याज पनि ५५ रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ ।

गत वर्षको मूल्यसुचीसँग तुलना गर्ने हो भने पनि यस वर्ष तरकारीको मूल्य अत्याधिक नै बृद्धि भएको देखिन्छ । गत वर्ष यही समयमा गोलभेडा प्रति केजी ४५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ र हरियो प्याज ८५ रुपैयाँले बिक्री भएको थियो । तर यस वर्ष भने अपत्यारियो तबरवाट सवै तरकारीको मूल्यबृद्धि हुँदा उपोभक्ताहरु प्रताडित छन् ।

मूल्य बढ्नुमा भारतको चुनाव र हावाहुरीको प्रभाव

तराईमा आएको आधिहुरीका कारण यस वर्ष पर्याप्त उत्पादन हुन नसकेको आपुर्ति विभागको भनाइ छ । त्यससँगै भारतमा भइरहेको चुनावका कारण सिमाहरु सिल भईदिँदा तरकारी आयत हुन नसकिरहेको आपुर्ति विभागका अधिकारीहरु बताउछन् ।

कलिमाटी तरकारी तथा फलफूल विकास समितिले पनि भारतीय चुनाव र हावाहुरीका कारण तरकारी बजारमा अभाव भएको र खुल्ला बजारको सिद्धान्त अनुरुप मूल्य निधारण भएको जनाएको छ । तर दिनदिनै तरकारीको बजार भाउ आकासिँदा पनि हालसम्म यस विषयमा विभाग र वोर्डले अनुगमन तथा अनुसन्धान गरेको पाइँदैन ।

बिचौलिया हावी भए : उपभोक्ता

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिम्सिना अस्वभाविक तरकारीको मूल्य बृद्धि हुनुमा व्यापारी र बिचौलियाको मिलेमतोमा भएको बताउँछन् । तिम्सिनाले खबरहबसँग कुरा गर्दै भने, ‘किसानले तरकारीको उचित मूल्य नपाएर बारीमै ओइलीरहेको अवस्था छ, बजारमा बिचौलिया हावी हुँदा मूल्य बढ्यो ।’

काठमाडौमा धादिङ, नुवाकोट, काभ्रे, चितवन मकवानपुर र भारतका विभिन्न नाकाबाट तरकारी भित्रने गर्छ । तिम्सिना भन्छन् ‘हामीले विभिन्न जिल्लाका कृषकसँग बुझेका छौ, किसानले खासै तरकारीको मूल्य पाएको छैन भन्ने कुरा आएको छ ।’

तरकारीको वास्तविक मूल्य पत्ता लगाउन उपोभक्त अधिकारे मञ्चको टोली शनीवारबाट देश दौडाहमा जान लगोको अध्यक्ष तिम्सिनाले बताए ।
भारतको चुनावले पनि तरकारीको भाउमा खासै प्रभाव नपर्ने उपभोक्तावादीहरु वताउँछन् । चुनाव ताका संबन्धित क्षेत्रको नाका मात्र बन्द हुने भएकोले अन्य नाकाबाट सजिलै तरकारीहरु आयत हुने उनीहरुको तर्क छ । तिम्सिना भन्छन् ‘चुनाव हुँदा एउटा मात्र नाका बन्द हुने हो त्योपनि ७२ घण्टालाई मात्र, त्यस बाहेक पनि हामीसँग दर्जनौ नाका छन् । यो नियामक निकायको बहाना मात्र हो ।’

तरकारीको भाउ बढ्नुमा आपुर्ति विभाग, तरकारी विकास वोर्ड, व्यापारी र विचौलियाको ठूलो चलखेल रहेको मञ्चले आरोप समेत लगाएको छ । विचौलियकै सेटिङमा बजार अनुगमन र मूल्य बृद्धिबारे अनुसन्धान नभएको उपभोक्ता मञ्चको आरोप छ ।

गेडागुडी र चामल पनि बढ्यो

तरकारीजस्तै गेडागुडी र चामलको मूल्य पनि बढेको छ । दाल चामलमा किलोमा २ देखि ५ रुपैयाँले बढेको बिक्रेताहरु बताउँछन्  । भारतबाटै मूल्य बढेर आएकोले आफूहरुले पनि मूल्य बढाउनु परेको बिक्रेताको भनाइ छ । कलिमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांकअनुसार फलफूलको मूल्य पनि प्रतिकिलो ३०÷४० रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका