जहाँ दिनमा तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ « Khabarhub

जहाँ दिनमा तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पृथ्वीमा दिन र रात छुट्टिनुको पछाडि सूर्यको उदय र अस्त हो । दिनमा एकपटक मात्रै सूर्य उदाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै हो । तर यस्तो ठाउँ जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ भन्ने चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो र वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् ।

ग्रह तीन ताराको परिक्रममा लगाउँछ

वैज्ञानिकहरुले केही समय पहिले एक नयाँ ग्रहको खोजी गरेका थिए । जुन ग्रह पृथ्वीबाट ३४० प्रकाश वर्ष टाढा र बृहस्पति ग्रहभन्दा चार गुणा बढी तौल रहेको छ । यो ग्रहले तीनवटा तारालाई परिक्रमा लगाउँने गर्छ । यो यस्तो ग्रह हो, जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुने गर्छ ।

नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष

वैज्ञानिकहरुले आफ्नो अध्ययनमा नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष रहेको बताएका छन् । यहाँ पृथ्वीको कुरा गर्ने हो भने पृथ्वीको उमेर ४ दशमलब ५ अर्ब वर्ष हो ।

यस्तो के कारण हुन्छ भने पहिलो पटक निर्मित ग्रह अत्यधिक तातो हुन्छ । त्यस्तो ग्रह सेलाउन अत्यन्तै धेरै वर्ष लाग्छ । यो तारा प्रणाली पृथ्वीबाट ३ सय प्रकाशवर्ष टाढा एक खुला ताराहरुको समूहको भाग हो । जसलाई वैज्ञानिकहरुले एसोसिएसन भनेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ०७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको