सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने « Khabarhub

सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकले सातै प्रदेशका सांसदलाई कुस्त बजेट शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदका तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् ।

सबै प्रदेशहरुले बिनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदहरुको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका छन् ।

११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरुले खर्च गर्ने गरि बिनियोजन गरिएको छ । गत वर्ष सांसदलाई प्रदेश निर्वाचन अनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले योपटक सांसदहरुलाई बजेट छुट्याएको छ ।

पूर्वाधार विकासलाई लागि उसले ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ । यस्तै एक नम्बर प्रदेशले प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ ।

प्रदेश २ र ३ तथा सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्याहरुको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्नेगरि बजेट बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ४६ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)