रोनाल्डोको क्लब युभेन्टसको नयाँ प्रशिक्षक बने सारी « Khabarhub

रोनाल्डोको क्लब युभेन्टसको नयाँ प्रशिक्षक बने सारी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक माउरिजियो सारी इटालीयन सिरी ‘ए’ को च्याम्पियन युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार सारीलाई आधिकारीक रुपमा प्रशिक्षकमा युभेन्टसले नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सारीले युभेन्ट्ससँग ३ वर्षको सम्झौता गरेर क्लबमा आवद्ध भएका हुन् ।

नापोलीबाट जुलाई २०१८ मा चेल्सी आएका सारीले इङ्ग्लीस क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानसम्म पुर्याएका थिए भने एक वर्षको इन्चार्ज भएका उनले युरोपा लिग उपाधि जिताएका थिए ।

६० वर्षीय प्रशिक्षकका लागि दुवै क्लबले आपसी समझदारीमा हस्ताक्षर गरेको समाचारहरुमा उल्लेख छ । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले गएको सिजनको समाप्तीसँगै क्लब छाडेपछि सारीले स्थान पाएका हुन् ।

गएको जुलाईमा विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डो पनि युभेन्टस पुगेका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ०९ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)