विश्वमाझ नेपाललाई चिनाउने हिमाल मात्रै होइन अरु पनि छन् | Khabarhub Khabarhub

विश्वमाझ नेपाललाई चिनाउने हिमाल मात्रै होइन अरु पनि छन्


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् । आजको समाचार पत्रले समाचार छापेको छ ।

चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो ।

जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरियो । ‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भने । उनका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन्, तर यति अग्ला छैनन् ।

चीनतर्फबाट नेपाल आई योगदान गर्ने विद्वानको इतिहासलाई उजागर गर्न, ढुंगाको यति चिल्लो कलात्मक मूर्ति विश्वलाई देखाउन र बुद्ध तथा बोधिसत्व मञ्जुश्रीको विचार विस्तार गर्न चोभारको मञ्जुश्रीको मूर्तिले विशेष महत्व राख्नेछ ।

विशाल कायका कारणले मात्र मञ्जुश्रीको श्रीवृद्धि भएको होइन, उनलाई विश्वले मान्ने २८ प्रकारका बुद्धमध्ये एक भएकाले पनि उनको महिमा उच्च छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ४९ बजे

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन