बिरामीमाथि अस्पतालको ‘लूट’– डेंगु परीक्षणको किटमा ६ गुण बढी रकम असुल्दै « Khabarhub

बिरामीमाथि अस्पतालको ‘लूट’– डेंगु परीक्षणको किटमा ६ गुण बढी रकम असुल्दै


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पताल तथा मेडिकल कलेजहरुले डेंगु नियन्त्रणमा प्रयोग हुने टेस्ट  किटमा ६ गुणा बढी रकम लिने गरेको गरेको पाइएको छ ।

डेंगु रोग परीक्षणका लागि प्रयोग हुने टेस्ट किटको मूल्य ४ सय पर्ने भए पनि अस्पताल तथा मेडिकल कलेजहरुले १८ सय देखि २४ सय रुपैयाँसम्म लिने गरेको गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएको छ ।

केही समय अघिदेखी धरान, विराटनगर लगायतका पूर्वी जिल्लाहरुमा फैलिएको डैंगुको परीक्षण गर्दा त्यहाका अस्पताल तथा मेडिकल कलेजले ४ देखि ६ गुणसम्म बढी रमक लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै बढी रकम दिइएको भेटिएमा कालाबजारीको कसुरमा सम्बन्धित अस्पताल तथा मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  मन्त्रालयले तोकिएको मुल्यमा नै टेस्ट किट उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षया समेत गराएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ती:

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ०६ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक