बिरामीमाथि अस्पतालको ‘लूट’– डेंगु परीक्षणको किटमा ६ गुण बढी रकम असुल्दै « Khabarhub

बिरामीमाथि अस्पतालको ‘लूट’– डेंगु परीक्षणको किटमा ६ गुण बढी रकम असुल्दै


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पताल तथा मेडिकल कलेजहरुले डेंगु नियन्त्रणमा प्रयोग हुने टेस्ट  किटमा ६ गुणा बढी रकम लिने गरेको गरेको पाइएको छ ।

डेंगु रोग परीक्षणका लागि प्रयोग हुने टेस्ट किटको मूल्य ४ सय पर्ने भए पनि अस्पताल तथा मेडिकल कलेजहरुले १८ सय देखि २४ सय रुपैयाँसम्म लिने गरेको गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएको छ ।

केही समय अघिदेखी धरान, विराटनगर लगायतका पूर्वी जिल्लाहरुमा फैलिएको डैंगुको परीक्षण गर्दा त्यहाका अस्पताल तथा मेडिकल कलेजले ४ देखि ६ गुणसम्म बढी रमक लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै बढी रकम दिइएको भेटिएमा कालाबजारीको कसुरमा सम्बन्धित अस्पताल तथा मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  मन्त्रालयले तोकिएको मुल्यमा नै टेस्ट किट उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षया समेत गराएको छ ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ती:

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ०६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी