प्रधानमन्त्री रोजगार कार्यक्रम– सडकका गाई धपाउन २ अर्ब खर्च ? « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम– सडकका गाई धपाउन २ अर्ब खर्च ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसदले वर्तमान सरकारको सबैभन्दा ‘पपुलर’ भनिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई ‘बेल्चाले मकै गोड्ने काम’को संज्ञा दिएका छन् ।

कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जनताले सरकारलाई ‘कुरी कुरी’ गरिरहेको पनि बताए ।

‘कामदारलाई हेलमेट दिइएछ । ज्याकेट, बुट लगाईदिएछ यो गर्मिमा पनि । हातमा काम गर्ने औजार चाहिँ बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न,’ प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति व्यंग गर्दै विश्वकर्माले भने, ‘यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।’

मकै गोड्ने, नाली सफा गर्ने, झार उखेल्ने, सडकको गाई धपाउने, स्कूलका आँगन बढार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको विश्वकर्माको भनाइ थियो ।

सरकारले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन गरेको पनि विश्वकर्माले आरोप लगाए । साथै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ १ रुपैयाँ कायम गर्न गर्न प्रस्ताव समेत पेश गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुदै विश्वकर्माले आपूर्ति मन्त्रालयको खर्च घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैया खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न पनि माग गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको उल्लेख गर्दै विश्वकर्माले औचित्यहिन खर्च घटाउनुपर्ने बताए ।

सरकारले भने प्रधनमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक बर्षमा ५ लाख वेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने भनेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ११ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६