राजेश हमालले छोडे ‘प्रेम गीत ३’ मा राजाको भूमिका « Khabarhub

राजेश हमालले छोडे ‘प्रेम गीत ३’ मा राजाको भूमिका


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अन्ततः अभिनेता राजेश हमालले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । केही समयदेखि हमालले ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । लामो समयदेखि हमालले यो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्ने बताइएको थियो । तर, अन्तिम समयमा आएर हमालले फिल्ममा काम नगर्ने बताएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

‘पहिले उहाँले फिल्ममा काम गर्ने इच्छा देखाउनुभएको थियो, पक्का त भएको थिएन, तर आइतवार हामीले अन्तिम छलफल गर्दा समय मिलाउन नसकेको भन्दै फिल्म नखेल्ने बताउनुभयो,’ निर्माता सेनले भने ।

स्रोतका अनुसार यो फिल्ममा हमालले राजाको भूमिका निभाउने भनिएको थियो । निर्माता सन्तोष सेनले हमालले यो फिल्म छोड्नुमा शायद छोटो भूमिका भएको बताए । उनका अनुसार अब उक्त भूमिकाका लागि अब नयाँ कलाकारको खोजी भइरहेको छ ।

फिल्म क्षेत्रमा नदेखिए पनि हमाल पछिल्लो समय व्यस्त नै छन् । हालै ‘को बन्छ करोडपति’ मा देखिएका हमालले फिल्ममा भने अभिनय गरिरहेका छैनन् ।

चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन भइरहेको छ । छायांकनमा जानुपूर्व नै यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २८ मा रिलिज हुने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार