राजेश हमालले छोडे ‘प्रेम गीत ३’ मा राजाको भूमिका | Khabarhub Khabarhub

राजेश हमालले छोडे ‘प्रेम गीत ३’ मा राजाको भूमिका


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अन्ततः अभिनेता राजेश हमालले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । केही समयदेखि हमालले ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । लामो समयदेखि हमालले यो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्ने बताइएको थियो । तर, अन्तिम समयमा आएर हमालले फिल्ममा काम नगर्ने बताएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

‘पहिले उहाँले फिल्ममा काम गर्ने इच्छा देखाउनुभएको थियो, पक्का त भएको थिएन, तर आइतवार हामीले अन्तिम छलफल गर्दा समय मिलाउन नसकेको भन्दै फिल्म नखेल्ने बताउनुभयो,’ निर्माता सेनले भने ।

स्रोतका अनुसार यो फिल्ममा हमालले राजाको भूमिका निभाउने भनिएको थियो । निर्माता सन्तोष सेनले हमालले यो फिल्म छोड्नुमा शायद छोटो भूमिका भएको बताए । उनका अनुसार अब उक्त भूमिकाका लागि अब नयाँ कलाकारको खोजी भइरहेको छ ।

फिल्म क्षेत्रमा नदेखिए पनि हमाल पछिल्लो समय व्यस्त नै छन् । हालै ‘को बन्छ करोडपति’ मा देखिएका हमालले फिल्ममा भने अभिनय गरिरहेका छैनन् ।

चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन भइरहेको छ । छायांकनमा जानुपूर्व नै यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २८ मा रिलिज हुने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ३७ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको