गुठी विधेयकले संकटमा सरकार– सत्तासाझेदार दल नै आन्दोलनमा « Khabarhub

गुठी विधेयकले संकटमा सरकार– सत्तासाझेदार दल नै आन्दोलनमा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासाझेदार दल समाजवादी पार्टीले राष्ट्रिय सभामा पेश भएको गुठीसम्बन्धी कानून एकीकरण गर्न बनेको विधेयकको विरुद्धमा आन्दोलनमा उत्रिन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकविरुद्ध आन्दोलनमा उत्रिन आफ्ना सबै तहका नेता–कार्यकर्तालाई आह्वन गरेको हो ।

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको प्रस्तावना प्रतिकुल हुने गरी आएको सो विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ताको दायित्व भएको पनि बताए ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संचारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ल्याउनुपर्नेमा अन्य मन्त्रालयले ल्याएकोमा पनि आपत्ति जनाए ।

श्रेष्ठले गुठीको मर्ममाथि नै प्रहार हुने गरी आएको सो विधेयक मान्य नहुने पार्टीको अडान रहेको पनि बताए ।

संविधानले गुठी विधेयकको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशलाई दिएकाले यसमा संघीय सरकारले कुनै कदम चाल्न नमिल्ने पनि उनको तर्क छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ४१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब