गुठी विधेयकले संकटमा सरकार– सत्तासाझेदार दल नै आन्दोलनमा « Khabarhub

गुठी विधेयकले संकटमा सरकार– सत्तासाझेदार दल नै आन्दोलनमा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासाझेदार दल समाजवादी पार्टीले राष्ट्रिय सभामा पेश भएको गुठीसम्बन्धी कानून एकीकरण गर्न बनेको विधेयकको विरुद्धमा आन्दोलनमा उत्रिन नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकविरुद्ध आन्दोलनमा उत्रिन आफ्ना सबै तहका नेता–कार्यकर्तालाई आह्वन गरेको हो ।

समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको प्रस्तावना प्रतिकुल हुने गरी आएको सो विधेयकविरुद्धको आन्दोलनमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ताको दायित्व भएको पनि बताए ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संचारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ल्याउनुपर्नेमा अन्य मन्त्रालयले ल्याएकोमा पनि आपत्ति जनाए ।

श्रेष्ठले गुठीको मर्ममाथि नै प्रहार हुने गरी आएको सो विधेयक मान्य नहुने पार्टीको अडान रहेको पनि बताए ।

संविधानले गुठी विधेयकको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशलाई दिएकाले यसमा संघीय सरकारले कुनै कदम चाल्न नमिल्ने पनि उनको तर्क छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ३ : ४१ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब