बझाङमा जीप दुर्घटना– ८ जनाको मृत्यु « Khabarhub

बझाङमा जीप दुर्घटना– ८ जनाको मृत्यु


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली घटनास्थलमा पुगेको बताइएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ०१ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)