केकीले शेयर गरिन् बालापनको तस्वीर, फ्यानले भने – ‘ब्युटीफूल’ « Khabarhub

केकीले शेयर गरिन् बालापनको तस्वीर, फ्यानले भने – ‘ब्युटीफूल’


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त अभिनेत्री केकी अधिकारी अभिनयका हिसाबले चर्चामा रहने नायिकामा पर्छिन् । उनका हातमा खासै फिल्म छैनन् । तर, केकीलाई म्युजिक भिडियोमा भने निरन्तर देख्न पाइएको हुन्छ ।

यसैबीच केकीले फ्यानसँग आफ्नो बच्चा बेलाको तस्वीर शेयर गरेकी छिन् । उनले उक्त तस्वीर शेयर गर्दै लेखेकी छिन् – सानी म ।

गुलाबी रंगको पोशाकमा सजिएकी केकीको उक्त तस्वीर देखेर फ्यानले खुबै प्रतिक्रिया दिएका छन् । कतिपयले उनी निकै सुन्दरी रहेको भन्दै कमेन्ट गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबूकमा ८ सयभन्दा बढी कमेन्ट गरेका छन् ।

उनको तस्वीरमा धेरैजस्तो फ्यानले लेखेका छन्, ‘ब्युटीफूल तस्वीर ।’

एक प्रयोगकर्ताले केकीको तारिफ गर्दै लेखेका छन्, ‘तपाईं सानैदेखि फोटोजेनिक हुनुहुँदो रहेछ,’ अर्का एक फ्यानले प्रतिक्रिया छोडेका छन्, ‘इमान्दार सुन्दर केकी, कसलाई थाहा थियो, यो सानी नानी सुपरस्टार हुनेछिन् भन्ने ।’

रुपको तारिफ पाउने केकी बेलाबेलामा आफ्ना विचार अभिव्यक्तिका कारण पनि चर्चामा रहने गर्छिन् । कैयन् फ्यानले उनको अभिनयसँगै बोल्डनेसको पनि चर्चा गर्ने गर्छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ३९ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६