समायोजनबाट पदपूर्ति भएको स्थानमा करार कर्मचारीको म्याद थप नगर्न पत्राचार « Khabarhub

समायोजनबाट पदपूर्ति भएको स्थानमा करार कर्मचारीको म्याद थप नगर्न पत्राचार


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्यक्षेत्रमा कार्यरत करारका कर्मचारीको नियक्ति तथा करार म्याद थप गर्ने बारे नयाँ निर्णय गरेको छ ।

सरकारले प्रदेश मातहतका कार्यलयहरुमा करार सेवामा रहेका ७,८ र ९ औं तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई श्रावन १ गतेदेखि ६ महिनासम्मका लागि करार निर्देशिका २०७२ अनुसार करार थप गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुमा स्वीकृत दरवन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको सेवा आवश्यक भएमा प्रदेश सरकारको श्रोतबाट करारका कर्मचारी नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै मन्त्रीस्तरीय निर्णयले समयोजन प्रणालीबाट पदपूर्ति भएका तथा स्थायी प्रक्रियाबाट पदपूर्ति भएका पदहरुमा करारमा रहेका स्वास्थ्यकर्मी र चिकित्सकको म्याद थप नगर्ने व्यवस्था मिलाउन भनेको छ ।

यस्तै करारको म्याद २ वर्ष पूरा भएका चिकित्सक र स्वास्थ्यकर्मीको करारको म्याद थप गर्न नमिल्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय अनुसार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार नियुक्तिको विषयमा चाँर बुदेँ निर्णय कार्यन्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ०२ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै