फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर « Khabarhub

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन् । उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले भने, ‘हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ ।’

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन् । कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३७ बजे

पिङ हाल्न अनुदान

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् ।

दसैँ बिदामा काठमाडौँ महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ- दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने

गाउँघरमा देखिन छाडे पिङ

लमजुङ – विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवाहरू पिङ हाल्न

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो 

ढोरपाटन-  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा

दसैं दशा बन्ने डर !

काठमाडौं – नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै गर्दा ठूला सवारी दुर्घटनाका