दान गर्नाले यसरी चम्कन्छ भाग्य « Khabarhub

दान गर्नाले यसरी चम्कन्छ भाग्य


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अरुका लागि परोपकारी काम गर्नु नै दान गर्नु हो । दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ। यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ।

गरुड पुराणका अनुसार अन्न, पानी, कपडा, आसन यी ४ बस्तुको दान वर्षमा एक दुई पटक गर्न जरुरी छ। यी ४ कुरा दान गर्दा लामो समयसम्म फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।

जो व्यक्तिले पत्नी, पुत्र एवम् परिवारलाई दुख बनाएर दान गर्छ भने त्यो व्यक्तिले पुण्य प्राप्त नगर्ने शास्त्रमा उल्लेख छ। दान सबैलाई प्रसन्न गरेर गर्न आवश्यक छ।

सहयोगको आवश्यकता परेका व्यक्तिको घरमा गएर गरेको दान सबै भन्दा राम्रो मानिने गरिन्छ। सहयोगको आवश्यक परेका व्यक्तिलाई घरमै बोलाएर दिएको दानले मध्यम फल प्राप्त गर्ने शास्त्रमा उल्लेख छ।

यदी कोही व्यक्तिले गाई दान गर्ने तथा ब्राहमणलाई विभिन्न बस्तु दान गर्छ भने त्यस्ता व्यक्तिलाई दान गर्न रोक्न हुँदैन। दान गर्न रोक्ने व्यक्ति पापको भागेदार बन्ने शास्त्रमा उल्लेख छ।

तिल, कुश, जल र चामल यी बस्तु हातमा लिएर दिन आवश्यक छ। अन्यथा उक्त दान दैत्यको प्राप्त हुने विश्वास छ।

दान दिने व्यक्ति पूर्व दिशा र लिने व्यक्ति उत्तर दिशामा हुन आवश्यक छ। यस्तो गर्दा दान दिने व्यक्तिको आयु बढ्ने तथा दान लिने व्यक्तिको आयु कम नहुने विश्वास गरिन्छ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ४३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल