अंग प्रदर्शन गरेर फिल्म उद्योगमा टिक्न संघर्षरत यी ‘हट’ हिरोइनहरु « Khabarhub

अंग प्रदर्शन गरेर फिल्म उद्योगमा टिक्न संघर्षरत यी ‘हट’ हिरोइनहरु


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय फिल्म उद्योगमा धेरै संख्यामा अभिनेता अभिनेत्रीहरु रहेका छन् । जसका कारण उद्योगमा टिकिरहनका लागि आफ्नो पहिचान बनाउन निकै ठूलो संघर्ष गर्नु परिरहेको हुन्छ ।

यस्तोमा केही अभिनेत्रीहरुले आफूलाई टिकाइराख्नका लागि विभिन्न हत्कण्डाहरु गरिरहेका हुन्छन् । उनीहरुले फिल्मी क्षेत्रमा आफूलाई टिकाइराख्नका लागि अंग प्रदर्शनको साहारा लिइरहेका हुन्छन् । ‘हट’ सिनहरु दिएपनि कतिपय अभिनेत्रीहरु टिक्न सकिरहेका छैनन् ।

जसमध्ये केही भने यस्तै हट सीनका कारण फिल्म उद्योगमा टिकिरहेका छन् ।

जरीन खान 

बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी जरीना खानको उक्त फिल्म चर्चामा रह्यो । पारिवारिक फिल्म ‘वीर’मा सफल भएपनि उनले अभिनय गरेको अन्य कुनै पनि फिल्म पारिवारिक बन्न सकेनन् । उनका धेरै फिल्म ‘हट’ अवतारमा देखिएकी छिन् ।

उर्वशी रौतेला 

उर्वशी रौतेला निकै बोल्ड फिल्मका कारण चर्चामा छिन् । उनले शुरुवाती फिल्म सनी देओलसँग ‘सिंह साहब दी ग्रेट’ खेलेकी थिइन् । त्यसपछि उनले खेलेका फिल्ममा उनको हट अवतार देख्न पाइन्छ । तर यी फिल्म परिवारसँग बसेर हेर्न सकिने खालका छैनन् । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा निकै हट रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सनी लियोन

बलिउडमा प्रवेश गर्नुअघि सनी ‘पोर्न स्टार’ थिइन् । पोर्न उद्योग छाडेर भारतीय फिल्म उद्योगमा पाइला चालेपनि उनले सफलता पाउन सकेकी छैनन् । उनी फिल्म उद्योग भन्दा बोल्ड सिनका लागि आइटम डान्समा धेरै प्रयोग भइन् । फिल्महरुमा उनी जबरजस्त बोल्ड सिनका लागि चर्चामा छिन् ।

पुनम पाण्डे

बलिउडकी कन्ट्रोभर्सी क्वीन पुनम पाण्डेका हातमा यतिबेला कुनै फिल्म छैनन् । यी अभिनेत्री बलिउड करिअरको शुरुवाती दिनमा चर्चामा थिइन् । अहिले भने उनको चर्चा सेलाएको छ । सामाजिक सञ्जालमा हट तस्वीर शेयर गरेर चर्चामा रहने पुनमको पछिल्लो समय बोल्ड अवतारको पनि चर्चा हुँदैन ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ४६ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका