अंग प्रदर्शन गरेर फिल्म उद्योगमा टिक्न संघर्षरत यी ‘हट’ हिरोइनहरु « Khabarhub

अंग प्रदर्शन गरेर फिल्म उद्योगमा टिक्न संघर्षरत यी ‘हट’ हिरोइनहरु


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय फिल्म उद्योगमा धेरै संख्यामा अभिनेता अभिनेत्रीहरु रहेका छन् । जसका कारण उद्योगमा टिकिरहनका लागि आफ्नो पहिचान बनाउन निकै ठूलो संघर्ष गर्नु परिरहेको हुन्छ ।

यस्तोमा केही अभिनेत्रीहरुले आफूलाई टिकाइराख्नका लागि विभिन्न हत्कण्डाहरु गरिरहेका हुन्छन् । उनीहरुले फिल्मी क्षेत्रमा आफूलाई टिकाइराख्नका लागि अंग प्रदर्शनको साहारा लिइरहेका हुन्छन् । ‘हट’ सिनहरु दिएपनि कतिपय अभिनेत्रीहरु टिक्न सकिरहेका छैनन् ।

जसमध्ये केही भने यस्तै हट सीनका कारण फिल्म उद्योगमा टिकिरहेका छन् ।

जरीन खान 

बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी जरीना खानको उक्त फिल्म चर्चामा रह्यो । पारिवारिक फिल्म ‘वीर’मा सफल भएपनि उनले अभिनय गरेको अन्य कुनै पनि फिल्म पारिवारिक बन्न सकेनन् । उनका धेरै फिल्म ‘हट’ अवतारमा देखिएकी छिन् ।

उर्वशी रौतेला 

उर्वशी रौतेला निकै बोल्ड फिल्मका कारण चर्चामा छिन् । उनले शुरुवाती फिल्म सनी देओलसँग ‘सिंह साहब दी ग्रेट’ खेलेकी थिइन् । त्यसपछि उनले खेलेका फिल्ममा उनको हट अवतार देख्न पाइन्छ । तर यी फिल्म परिवारसँग बसेर हेर्न सकिने खालका छैनन् । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा निकै हट रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सनी लियोन

बलिउडमा प्रवेश गर्नुअघि सनी ‘पोर्न स्टार’ थिइन् । पोर्न उद्योग छाडेर भारतीय फिल्म उद्योगमा पाइला चालेपनि उनले सफलता पाउन सकेकी छैनन् । उनी फिल्म उद्योग भन्दा बोल्ड सिनका लागि आइटम डान्समा धेरै प्रयोग भइन् । फिल्महरुमा उनी जबरजस्त बोल्ड सिनका लागि चर्चामा छिन् ।

पुनम पाण्डे

बलिउडकी कन्ट्रोभर्सी क्वीन पुनम पाण्डेका हातमा यतिबेला कुनै फिल्म छैनन् । यी अभिनेत्री बलिउड करिअरको शुरुवाती दिनमा चर्चामा थिइन् । अहिले भने उनको चर्चा सेलाएको छ । सामाजिक सञ्जालमा हट तस्वीर शेयर गरेर चर्चामा रहने पुनमको पछिल्लो समय बोल्ड अवतारको पनि चर्चा हुँदैन ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ४६ बजे

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम