चिकित्सा शिक्षा आयोगको दरखास्त रद्द, डा केसीको माग पूरा ! | Khabarhub Khabarhub

चिकित्सा शिक्षा आयोगको दरखास्त रद्द, डा केसीको माग पूरा !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका ६ जनाको दरखास्त रद्द गरेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले असार ९ गते प्रकाशित गरेको सुचनाको आधारमा दरखास्त दिएका ६ जनाको दरखास्त रद्ध गर्दै सरकारले पुनः दरखास्त आह्वान गरेको छ ।  आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्षका लागि पुनः दरखास्त आह्वान गरेको हो ।

यसअघि आयोगको उपाध्यक्षका लागि आवेदन दिएकाहरुको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ को उपदफा १ अनुसार ६ जना आवेदकहरु नै उपाध्यक्षको पदमा नियुक्ति हुन योग्यता नपुगेको भन्दै समितिले उनीहरुको दरखास्त रद्द गरी पुन आवेदन माग गरेको हो ।

समितिले बुधबार सुचना प्रकाशित गर्दै आयोगको उपाध्यक्षका लागि आवेदन दिन इच्छुकले आयोगमा रहदा निर्वाह गर्ने भूमिका सहितको ४ वर्षे कार्ययोजना सहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएकाहरु अयोग्य रहेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले उपाध्यक्ष छनोटको कार्य दद्द गर्न माग गरेका थिए ।

हेर्नुस् पुनः दरखास्त आह्वान सम्बन्धी सुचना–

 

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : ०९ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट