बाढी पहिरोले अवरुद्ध सडक खुले, यी सडक अझै खुल्नै बाँकी | Khabarhub Khabarhub

बाढी पहिरोले अवरुद्ध सडक खुले, यी सडक अझै खुल्नै बाँकी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षापछि देशका विभन्न स्थानमा आएको बाढी पहिरोले ठूलो जनधनको क्षति हुन पुग्यो ।

यससँगै सडक र राजमार्ग पनि अवरुद्ध बन्न पुग्यो । अहिले भने वर्षा कम भएसँगै बाढी पहिरोमा कमी आएको छ र अवरुद्ध सडक पनि खुल्दै गएको छ ।

सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुंगा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटलगायतका जिल्लामा अबरुद्ध भएका अधिकांश सडक सञ्चालनमा आएका हुन् ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर, काठमाडौंबाट सिस्नेरी र फाखेल हुँदै हेटौँडा जाने सडक भने अझै सञ्चालनमा आएको छैन ।

अवरुद्ध बीपी राजमार्ग भने सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् ।

वर्षा गराउने प्रणाली कमजोर बन्दै गएसँगै अव ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विद्हरुले जनाएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ४८ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट