दयाहाङ र उपासनाको ‘कबड्डी कबड्डी कबड्डी’ हिट होला ? « Khabarhub

दयाहाङ र उपासनाको ‘कबड्डी कबड्डी कबड्डी’ हिट होला ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो भदौ १३ गतेदेखि चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आउने चर्चा छ । निर्माण टिमले यही मितिमा फिल्म रिलिज गरिने संकेत गरेको छ । वर्षकै प्रतीक्षित यो फिल्मको टिजर केही हप्ताअघि सार्वजनिक भइसकेको छ ।

टिजरले दर्शकबाट राम्रो साथ पाएको छ । फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी मुख्य आर्कषकका रुपमा छन् । यसअघि रिलिज भएका ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ ले दर्शकको राम्रो साथ पाएका छन् । कमेडी जानरामा निर्माण हुने यो सिरिजमा शीर्ष अभिनेता दयाहाङ राईलाई कुनै युवतीको प्रेम पाउन गर्ने सङ्घर्षका रुपमा देखाइने गरिन्छ ।

टिजर हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ मा पनि दयाहाङ राईलाई उस्तै ‘प्रेमी’का रुपमा देखाइएको छ । नेपालमा बन्ने सिक्वेल फिल्मका हिसाबले सफल मानिएको यो फिल्मले दर्शकलाई कसरी तानेर राख्नेछ, त्यसका लागि केही समय लाग्नेछ । तर, यो फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ ।

त्यसो त यो मितिमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ पनि प्रदर्शनमा आउने भनिएको छ । लभ स्टोरी मन पराउने दर्शकले यो फिल्म मन पराउने धेरैको अनुमान छ । तर, सोही मितिमा ‘कबड्डी कबड्डी कबड्डी’ पनि रिलिज हुने भएपछि दर्शक दुईतिर बाँडिने पक्का छ ।

यतिबेला धमाधम फिल्मकै काममा व्यस्त रहेको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले कस्तो ट्रेलर सार्वजनिक गर्छ, त्यसका आधारमा पनि दर्शकको ध्यान खिच्नेछ । फिल्ममा कर्मा, रिश्मा गुरुङ लगायत अघिल्लो सिक्वेलका केही कलाकारले पनि अभिनय गर्नेछन् ।

अहिले भने रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दर्शकको मन जित्ने धेरैको अनुमान छ । अब फिल्म कस्तो बनेर आउने हो, त्यसका लागि भने केही समय पक्कै कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : ४३ बजे

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ