राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै « Khabarhub

राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ ।

अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण प्रतियोगिता शुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा पनि सञ्चालन हुन सकेको थिएन ।

चैत यता भने माहिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । तर खेलाडीले क्लब र प्रदेशबाट बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद खेलेका थिए ।

अहिले महिला टोलीका ४० खेलाडीलाई सागको तयारीका लागि प्रशिक्षणमा बोलाइएको छ । नेपाली महिला टोलीले पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधार गर्दै आएको छ । जसलाई केही दिन अगाडि सार्वजनिक फिफा वरियताको सुधारले पनि दर्शाउँछ ।

अहिले फिफा वरियतामा नेपाली महिला टोली १०१औं स्थानमा रहेको छ । यो यसअघिको वरियतामा २ स्थान सुधार हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : १८ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार