राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै « Khabarhub

राष्ट्रिय महिला टोलीको प्रशिक्षण आइतबारदेखि शुरु हुँदै


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला फुटबल टोलीको प्रशिक्षण आगामी आइतबारबाट सुरु हुने भएको छ ।

अभ्यासका लागि मैदान नपाएपछि महिला टोलीको प्रशिक्षण प्रतियोगिता शुरु हुन पाँच महिनामात्रै बाँकी रहँदा पनि सञ्चालन हुन सकेको थिएन ।

चैत यता भने माहिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । तर खेलाडीले क्लब र प्रदेशबाट बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद खेलेका थिए ।

अहिले महिला टोलीका ४० खेलाडीलाई सागको तयारीका लागि प्रशिक्षणमा बोलाइएको छ । नेपाली महिला टोलीले पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधार गर्दै आएको छ । जसलाई केही दिन अगाडि सार्वजनिक फिफा वरियताको सुधारले पनि दर्शाउँछ ।

अहिले फिफा वरियतामा नेपाली महिला टोली १०१औं स्थानमा रहेको छ । यो यसअघिको वरियतामा २ स्थान सुधार हो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : १८ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण