जर्मन रक्षामन्त्री युरोपेली आयोगको नयाँ अध्यक्ष « Khabarhub

जर्मन रक्षामन्त्री युरोपेली आयोगको नयाँ अध्यक्ष


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– जर्मन रक्षामन्त्री उर्सुला भोन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । मंगलबार भएको मतदानमा उनी सामान्य बहुमतसहित निर्वाचित भएकी हुन् ।

६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छिन् । युरोपेली युनियन (ईयू)मा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाई समर्थन गरेका थिए ।

७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरेकी थिइन् । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जँन्कर छन् । युरोपेली आयोगको अध्यक्षको कार्यकाल पाँच वर्षको हुने प्रावधान छ ।

मतदानपछि संसदलाई सम्बोधन गर्दै उनले बेलायतको बहिर्गमन पश्चात युरोपेली संघको अगाडि ठूला चुनौतीहरु रहेको र महत्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको बताइन् ।

उनले आफ्नो सम्पुर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुने बताइन् । ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानूनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने चुनौति रहेको बताइएको छ ।

जर्मन चान्सलर एङ्गेला मर्केलले आफूसँग लामो समयदेखि काम गरेकी उर्सुला विजयी भएकामा खुशी लागेको टिप्पणी गरिन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ४७ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको