जर्मन रक्षामन्त्री युरोपेली आयोगको नयाँ अध्यक्ष | Khabarhub Khabarhub

जर्मन रक्षामन्त्री युरोपेली आयोगको नयाँ अध्यक्ष


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– जर्मन रक्षामन्त्री उर्सुला भोन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । मंगलबार भएको मतदानमा उनी सामान्य बहुमतसहित निर्वाचित भएकी हुन् ।

६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छिन् । युरोपेली युनियन (ईयू)मा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाई समर्थन गरेका थिए ।

७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गरेकी थिइन् । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्ने छिन् । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जँन्कर छन् । युरोपेली आयोगको अध्यक्षको कार्यकाल पाँच वर्षको हुने प्रावधान छ ।

मतदानपछि संसदलाई सम्बोधन गर्दै उनले बेलायतको बहिर्गमन पश्चात युरोपेली संघको अगाडि ठूला चुनौतीहरु रहेको र महत्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको बताइन् ।

उनले आफ्नो सम्पुर्ण प्रयत्न एकीकृत र बलियो युरोप बनाउनेतर्फ नै केन्द्रित हुने बताइन् । ब्रेक्जिटको मुद्दा चर्को रुपमा उठिरहेका बेला युरोपेली संघका सामुन्ने इटालीको ऋण तथा संघमा आबद्ध हंगेरी र पोल्यान्डबाट सिर्जित युरोपेली मूल्यमान्यता र कानूनमाथिको चुनौतीलाई सम्बोधन गर्नुपर्ने चुनौति रहेको बताइएको छ ।

जर्मन चान्सलर एङ्गेला मर्केलले आफूसँग लामो समयदेखि काम गरेकी उर्सुला विजयी भएकामा खुशी लागेको टिप्पणी गरिन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ४७ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा