विप्लवसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न बालुवाटार गएका पाण्डे प्रधानमन्त्रीलाई नभेटी किन फर्किए ? « Khabarhub

विप्लवसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न बालुवाटार गएका पाण्डे प्रधानमन्त्रीलाई नभेटी किन फर्किए ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको जिम्मेवारी पाएका सांसद सामप्रसाद पाण्डेले विप्लव समूहसँग अनौपचारिक रुपमा मात्र वार्ता भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लव समूहसँग भएको पछिल्लो छलफल बारे ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका पाण्डेले बाहिर सञ्चारमाध्यममा आएजसरी वार्ता नभएको बताए ।

‘बाहिर सञ्चारमाध्यममा आएजस्तो केही भएको छैन’ सांसद पाण्डेले भने,‘तर हामी निरन्तर लागिरहेका छौं ।

पाण्डले मंगलबार राजधानी बाहिर विप्लव समूहको वार्ता टोलीका एक सदस्यसँग वार्ता गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

‘मलाई नेकपाले वार्ताको जिम्मेवारी दिएको हो’ सांसद पाण्डेले भने,‘म पार्टी र सरकारसँग कुराकानी नगरी र अनुमति नलिइ उहाँहरु(विप्लव)सँग औपचारिक कुराकानी हुँदैन ।’

विप्लव समूहसँग भएका अनौपचारिक कुराकानीबारे प्रधानमन्त्री केपी ओलीलाई ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका सांसद पाण्डेले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न भने पाएनन् ।

‘प्रधानमन्त्री ज्यूलाई सञ्चो रहेनछ त्यसैले आज कुराकानी हुन सकेन’ पाण्डेले खबरहबसँग भने ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ५१ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा