एप्पलले जारी गर्‍यो यस्ता नयाँ इमोजी « Khabarhub

एप्पलले जारी गर्‍यो यस्ता नयाँ इमोजी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एपलले केही नयाँ इमोजीहरू सार्वजनिक गरेको छ जसमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका व्यक्तिहरू र सुन्ने क्षमता कम भएका व्यक्तिले प्रयोग गर्ने सुन्ने मेसिन पनि रहेको छ।

ती नयाँ इमोजीहरू विश्व इमोजी दिवसको अवसरमा जारी गरिएको हो र तिनले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व राम्रो बनाउने दाबी गरिएको छ।

नयाँ डिजाइनहरू गत वर्ष प्रस्ताव गरिएका हुन् र तिनलाई एपलले प्रयोगकर्ताको लागि यही वर्ष जारी गर्नेछ।

एक एपल प्रवक्ताले भने: “विविधतालाई धेरै तरिकाले ग्रहण गर्ने एपलको मूल्यमान्यता नै हो।”

“यी नयाँ इमोजीहरूले किबोर्डमा भएको ठूलो खाडललाई पुर्नेछ।”

नयाँ इमोजीहरूमा मिलाइरहेको हातमा विविध रङ्ग र जनावर एवम् खानेकुराहरू पनि छन्।

एपलले अहिले २० वटा नयाँ इमोजी जारी गर्ने र वर्षको अन्त्यतिर थप इमोजी घोषणा गर्ने बताइएको छ।

एपलको नयाँ इमोजीको प्रस्ताव युनिकोड कन्सोर्टियमले स्वीकृत गरेको छ।

त्यो समयमा एपलले ‘अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो जीवनको अनुभव बोल्न’का लागि नयाँ इमोजीहरू प्रस्ताव गरिएको बताएको थियो।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ४३ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका