एक चार वर्षे बालक जो आफूलाई राजकुमारी डायनाको पुनर्जन्म लिएको दाबी गर्छन् « Khabarhub

एक चार वर्षे बालक जो आफूलाई राजकुमारी डायनाको पुनर्जन्म लिएको दाबी गर्छन्


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दन्त्य कथाहरुमा पुनर्जन्मका कहानी सुनिँदै आइएको हो । वास्तविक जीवनमा भने कसैको पुनर्जन्म भएको देखिएको छैन । तर, अष्ट्रेलियाका एक ४ वर्षे बालकले आफूले पूर्व बेलायती राजकुमारी डायनाको पुनर्जन्म लिएको बताउँदै आएका छन् ।

अष्ट्रेलियामा टेलिभिजन कार्यक्रम चलाउँदै आएका डेभिड क्याम्बेलका छोरा ४ वर्षे बिली क्याम्पबेलले आफू पूर्व बेलायती राजकुमारी डायनाको पूनर्जन्म लिएको बताउने गरेका हुन् । उनले विगत दुई वर्षदेखि डायनाबारे कुरा गरिरहेको उनका बाबु डेभिडले जनाएका छन् ।

डेभिडले स्टेलर म्यागजिनमा लेखेका छन्, ‘बिलीले दुई वर्षको उमेरमा एउटा तस्बीरलाई देखाउँदै भने, हेर्नुस् त, राजकुमारी हुँदा म यस्तो थिएँ ।’ तैपनि डायनातर्फ बिलीको आकर्षण यही नटुङ्गिएको डेसभडले लेखेका छन् । बिलीले राजकुमारी डायनाको सानो हुँदाका कुराहरु पनि बताउने गरेका छन् । उनले राजकुमार ह्यारी र विलियमलाई आफ्नै छोरा जसरी ‘केटाहरु’ भन्ने गरेका छन् ।

अझ अचम्मको कुरा त के छ भने बिलीले राजकुमारी डायनाका भाइ जोनको बारेमा पनि कुरा गर्दै आएका छन् । डायनाको भाइ जोन जन्मेको केही घण्टामै निधन भएको थियो ।

त्यस्तै, बिलीले रानीको क्रिसमसको निवास बाल्मोरलबारे पनि कुराहरु गर्दै आएका छन् । त्यसबाहेक राजकुमारी डायनाको कार दुर्घटनामा मृत्यु हुँदाको घटनाबारे पनि बिलीले भन्ने गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसस्थित अल्माको सुरुङमा डायनाको कार दुर्घटनामा निधन भएको १८ वर्षपछि जन्मेका बिलीले डायनाबारे बताउने गरेको हरेक कुराहरु सही रहेको डेभिडले दाबी गर्दै आएका छन् । उनलाई डायनाबारे कसरी यी सबै कुरा थाहा भए भन्ने चाहीँ उत्सुकताकै विषय छ । चार वर्षे यी बालकमा केही न केही अद्भूत क्षमता भने रहेको बताइन्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ५५ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना