आफै डोजर लिएर अतिक्रमित संरचना भत्काउन पुगे मेयर द्वारिकालाल चौधरी | Khabarhub Khabarhub

आफै डोजर लिएर अतिक्रमित संरचना भत्काउन पुगे मेयर द्वारिकालाल चौधरी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सडक तथा खोला अतिक्रमण गरी बनाइएका ईटहरीका घरहरु भत्काउन उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी आफै सडकमा उत्रिएका छन् ।

उनी बुधबार बिहानैदेखि डोजर लिएर अतिक्रमण गरी बनाइएका घरको मुख्यगेट तथा पर्खालहरु भत्काउन निस्किएका हुन् । डोजरसहित नगर प्रहरी लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काए ।

मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएपछि खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरेका थिए ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : १४ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा