गीत हटाउनुको पछाडि– शब्दमा शुभचिन्तकको असन्तुष्टि नै हो त ? « Khabarhub

गीत हटाउनुको पछाडि– शब्दमा शुभचिन्तकको असन्तुष्टि नै हो त ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’  आधिकारिक  यु–ट्युब च्यानलबाट हटाए पनि एकथरी शुभचिन्तकहरूले भने भाइरल बनाएका छन् । युट्युब तथा फेसबुकमा उक्त गीत जताततै भेटिन्छ ।  गीत हटाउन बाध्य पारिनुको पछाडि ठूलै चलखेल भएको फेसबुकमै उनीहरूले विभिन्न प्रतिक्रिया  दिएका छन् ।

यता, गायक शर्माले भने  कसैलाई आक्षेप नलगाई गीतका केही शब्द परिमार्जन गर्ने र पुनः गीत लिएर आउने वाचासहित एक विज्ञप्ति जारी गर्दै गीत हटाएको जानकारी दिएका छन् ।

उनले आफूले राजनीतिलाई त्यति गहिराइबाट नबुझेको तथा राजनीतिक आग्रह पूर्वाग्रह पालेर पनि त्यो गीत नबनाएको स्पष्ट पार्दै देशमा सुशासन कायम हुनुपर्छ भन्ने मान्यताका साथ गीत व्यंग्यात्मक तरिकाले ल्याइएको जनाएका छन् ।

तर, गीत हटाउनुका पछाडि गीतका शब्दमा शुभचिन्तकको असन्तुष्टि रहेको बताएका छन् । जुन-जुन शब्दमा असन्तुष्टि देखिएको छ ती शब्दहरु फेर्नु दायित्व भएको सम्झिदै उनले गीत परिमार्जन गरेर चाडै ल्याउने बताएका छन् ।

त्यस्तै, गीत सुनेर सुझाव दिने राजनीतिक व्यक्तित्व, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिँदै उनले गीतले कुनै व्यक्ति विशेष, संस्था वा राजनीतिक दललाई परेको अफ्ट्यारोप्रति माफी समेत मागेका छन् ।

उनले जारी गरेको विज्ञप्तिको अन्तमा लेखेका छन्– ‘एउटा सचेत नागरिकका साथै कलाकारको नाताल देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।’

तर, समसामयिक विषय वस्तु र वर्तमान यथार्थमाथिको तिखो व्यंग्यलाई शुभचिन्तकले असन्तुष्टि जनाएकै हुन् त ? पशुपतिमाथि नै प्रश्न गर्ने अनेक ठाउँ छन् । त्यसमाथि उनी स्वयंले शब्द परिमार्जन गरी चाँडै गीत ल्याउने समेत स्पष्ट पारेको हुँदा कुन कुन शब्द परिमार्जन गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

यस्ताे छ उनले जारी गरेको विज्ञप्ति

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

 

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : २६ बजे

संसद्लाई गतिशील बनाउन नयाँ नजीर आवश्यक : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्लाई समयअनुकूल, गतिशील र

म्यान्मारमा नयाँ वर्षमा हजारौँ कैदी रिहा

बैङ्कक- म्यान्मारमा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना

सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै

काठमाडौं– सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न

सरकारी क्याम्पसप्रति बेवास्ता भन्दै विद्यार्थीको व्यंग्यात्मक ‘भिक्षा दान’ प्रदर्शन

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले त्रिचन्द्र क्याम्पससहित सरकारी क्याम्पसहरूको पूर्वाधार सुधारमा