घर जलायो दैवले, छोरी जलाए पापीले… « Khabarhub

घर जलायो दैवले, छोरी जलाए पापीले…


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका देवनारायण रसाइली छोरी गुमाएको पीडाले विच्छिप्त छन् । एक महिनाअघि मात्र आगलागिबाट घर गुमाएका उनले छोरीलाई जलेर ज्यान गुमाएको अवस्थाले झनै पीडा दिएको छ । छिमेकीको बिहेमा गएकी छोरी बुधबार बेपत्ता भएकी थिइन । उनको शव जलेको अवस्थामा बिहीबार फेला पारेको थियो । देवनारायणकी छोरी रेश्माको बलात्कारपछि हत्या भएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

सार्क सुस्त शीर्षकको अर्को समाचारमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सुस्ताउँदै गएको छ। सार्क सदस्य मुलुकले एकअर्कामा दूतावास स्थापना गर्ने योजना बनाए पनि कार्यान्वयन हुन सकेको छैन् ।

त्यस्तै झोले एनजीओलाई अनुदान दिन दबाब शीर्षकमा छापिएको समाचारमा समाजकल्याण परिषदका पदाधिकारीले ३३ झोले एनजिओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ताको निकासा दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दबाब दिएकी छन् ।

प्रहरीमा सरुवा–बढुवाको लर्को, कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध ३ कोइरालालगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ०९ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२