पत्रपत्रिकामा सम्पादकीय : चुरे दोहनदेखि बेरोजगारलाई रोजगारीसम्म « Khabarhub

पत्रपत्रिकामा सम्पादकीय : चुरे दोहनदेखि बेरोजगारलाई रोजगारीसम्म


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज राजधानीबाट प्रकाशित दैनिक पत्रिकाले अख्तियारका आयुक्त राजनारायण पाठकको राजीनामापछि उनीविरुद्ध कारबाही हुने या नहुने प्रसंग, दुरे दोहनका विषय, बेरोजगारलाई रोजगारी दिने सरकारको अभियानलगायतलाई उठाएका छन् ।

चुरे दोहान शीर्षकमा नागरिकले लेखेको सम्पादकीयमा स्थानीय सरकारले केही ठेकेदारसित मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने गरेका छन् । अझ विशेष गरी स्थानीइ सरकारमा सहभागी व्यक्तिहरु नै चुरे क्षेत्रको दोहनमा लागेको पनि यो समस्या जटिल बन्दै गएको छ । चुरेको वन क्षेत्रबाट दिनहुँ सयौं ट्याक्टर तथा टिपरले गिटी, बालुवा र चट्टान ओसार्दा पनि वन कार्यालयले केही गर्न नसक्नुको पछाडि यो कार्यमा शक्तिशाली व्यक्तिहरुको संलग्नता रहनु हो।

राजीनामापछि उन्मुक्ति? शीर्षकमा अन्नपूर्णले लेखेको सम्पादकीयमा हामीकहाँ राजीनामा दिएपछि चोखिने प्रवृत्ति छ । खराब पात्रद्वारा अनुचित तवरमा आर्जित सम्पत्ति वैधानिक हुन पुगेको छ। आयुक्त हुँद्या राजनारायण पाठक विरुद्ध छानबिन हुने अवस्था थिएन । किनभने संविधानले छानबिन गर्न नमिल्ने दर्जामा राखेको थियो । संवैधानिक पदमा रहने व्यक्ति भ्रष्ट र खराब आचरणयुत्तः हुन्छ भन्ने कल्पनासमेत गरिन्न । अब राजीनामा दिइसकेको हुँदा उनका कर्तुतदेखि सम्पत्तिसम्म छानबिन गर्न बाटो खुलेको छ । उनीबाट अख्तियारमा रहँदा भएका निर्णय शंकाको घेरामा पारी छानबिन गनुपर्छ ।

गलत बीउ रोप्दाको परिणाम शीर्षकमा राजधानीले लेखेको सम्पादकीयमा अब इतिहासमा भएका गम्भीर अपराध र भूलबाट पाठ सिकेर राजनीतिक नेतृत्वले अख्तियारलगायतका सबै निकायका पदाधिकारी नियुक्त गर्दा सक्षम, योग्य र इमानदार व्यक्तिलाई नियुक्त गर्ने परिपार्टीको विकास गर्नुपर्छ ।

बेरोजगारलाई रोजगारी शीर्षकमा कान्तिपुरले लेखेको सम्पादकीयमा सरकारको उद्योग, कलकारखाना छैन। निजी क्षेत्रले आफूहरुसित छलफल नै नगरी कार्यक्रम आएको भनी आलोचना गरेको छ । निजी क्षेत्रले आफ्नो जनशक्ति आवश्यकताको पूर्वानुमान गरी त्यसको जानकारी रोजगार सेवा केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ । आवश्यक जनशक्ति सम्भव भएसम्म रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारहरुको सूची लिन भनिएको छ । के यो सम्भव होला?

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ३६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर