आजका आर्थिक खबर : ब्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा, अरुण तेस्रोमा भएको आक्रमण रहस्यमय « Khabarhub

आजका आर्थिक खबर : ब्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा, अरुण तेस्रोमा भएको आक्रमण रहस्यमय


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबारका आर्थिक दैनिकले व्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा पुगेको, बिमानको सेयर आम्दानी घटेको लगायतका समाचारलाई मुख्य बनाएका छन् ।

कारोबार दैनिकले चर्को ब्याजदरको समस्या सम्बोधनका लागि उद्योगी व्यापारीहरु नै प्रधानमन्त्री गुहार्न बालुवाटार पुगेको खबरलाई मुख्य बनाएको छ । नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको ब्याजदरको विषय लिएर पहिलो पटक उद्योगीहरु बालुवाटार पुगेका हुन् ।

त्यस्तै प्रधानमन्त्री कार्यालयले रोक्यो आयोगमा नियुक्ति शीर्षकको अर्को समाचारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबीचको असमझदारीको कारण विद्युत नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया नै अवरुद्ध भएको छ । यसले विश्व बैंक र अमेरिकी परियोजनामा असर पर्ने देखिन्छ ।

मेलम्चीको काउन्टर ग्यारेन्टी भुक्तानी विवाद शीर्षकको समाचारमा बैंक अफ काठमाडौ्रं र हिमालयन बैंकको एक अर्ब ५१ करोड बराबरको धरौटी रकम फिर्ता हुने बाटो खुलेको खबर उल्लेख गरिएको छ ।

गोरखापत्र दैनिककै आर्थिक बजारले ब्याजदर घटनाउन प्रधानमन्त्रीले निर्देशन दिएको, व्यवसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको, सार्वजनिक खर्च पुनरावलोकन आयोगद्धारा प्रतिवेदन प्रस्तुत गरिएको, कोलकाताबाट पनि विद्युतीय कार्गो छुटेको शीर्षका खबरलाई प्राथमिकतामा राखेको छ ।

नागरिक आर्थिकले वाइडबडी प्रकरणमा अख्तियार र आयोग दुवै हराएको, कामै नगरी आयोगको म्याद सकिएको विषयलाई उठाएको छ । त्यस्तै भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी बनाउने काम अघि बढेको छ । त्यसका लागि भारतमा जग्गा अधिग्रहण भएको छ । नेपालले आफ्नो नाकातर्फ नौ वर्षअघि नै ५२ बिघा जग्गा अधिग्रहण गरेपनि भारतले अधिग्रहण नगर्दा एकीकृत भन्सार जाँच चौकी निर्माण कार्य पछि धकेलिरहेको छ ।

अन्नपूर्ण अर्थतन्त्रले बिमाको सेयर आम्दानी घटेको खबरलाई मुख्य बनाएको छ । बिमा प्रदायक एसियन, नेसनल, नेपाल लाइफ, सुर्या र प्राइम लाइफको प्रतिसेयर आम्दानी घटेको हो । त्यस्तै सरकारले सेवा सुविधामा रोग लगाउन थालेपछि एक सय शय्यामाथि क्षमताका तारे होटलले वातावरणीय प्रभाव मुल्यांकन गराउन थालेका छन् ।

अर्थमन्त्रीले बन्द उद्योग सञ्चालन गर्न आग्रह गरेको, कृषिमा अनुदान पाउन घुस खुवाउनुपर्ने बाध्यतामा किसान रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेको तथा बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनालाई लक्षित गरी विभिन्न समयमा भएका विष्फोटका घटना रहस्यमय बन्दै गएको खबर छापिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ११ बजे

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र