आजका आर्थिक खबर : ब्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा, अरुण तेस्रोमा भएको आक्रमण रहस्यमय « Khabarhub

आजका आर्थिक खबर : ब्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा, अरुण तेस्रोमा भएको आक्रमण रहस्यमय


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबारका आर्थिक दैनिकले व्याजदर नियन्त्रण गर्न व्यापारी बालुवाटारमा पुगेको, बिमानको सेयर आम्दानी घटेको लगायतका समाचारलाई मुख्य बनाएका छन् ।

कारोबार दैनिकले चर्को ब्याजदरको समस्या सम्बोधनका लागि उद्योगी व्यापारीहरु नै प्रधानमन्त्री गुहार्न बालुवाटार पुगेको खबरलाई मुख्य बनाएको छ । नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको ब्याजदरको विषय लिएर पहिलो पटक उद्योगीहरु बालुवाटार पुगेका हुन् ।

त्यस्तै प्रधानमन्त्री कार्यालयले रोक्यो आयोगमा नियुक्ति शीर्षकको अर्को समाचारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबीचको असमझदारीको कारण विद्युत नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया नै अवरुद्ध भएको छ । यसले विश्व बैंक र अमेरिकी परियोजनामा असर पर्ने देखिन्छ ।

मेलम्चीको काउन्टर ग्यारेन्टी भुक्तानी विवाद शीर्षकको समाचारमा बैंक अफ काठमाडौ्रं र हिमालयन बैंकको एक अर्ब ५१ करोड बराबरको धरौटी रकम फिर्ता हुने बाटो खुलेको खबर उल्लेख गरिएको छ ।

गोरखापत्र दैनिककै आर्थिक बजारले ब्याजदर घटनाउन प्रधानमन्त्रीले निर्देशन दिएको, व्यवसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको, सार्वजनिक खर्च पुनरावलोकन आयोगद्धारा प्रतिवेदन प्रस्तुत गरिएको, कोलकाताबाट पनि विद्युतीय कार्गो छुटेको शीर्षका खबरलाई प्राथमिकतामा राखेको छ ।

नागरिक आर्थिकले वाइडबडी प्रकरणमा अख्तियार र आयोग दुवै हराएको, कामै नगरी आयोगको म्याद सकिएको विषयलाई उठाएको छ । त्यस्तै भैरहवा भन्सारमा एकीकृत भन्सार जाँच चौकी बनाउने काम अघि बढेको छ । त्यसका लागि भारतमा जग्गा अधिग्रहण भएको छ । नेपालले आफ्नो नाकातर्फ नौ वर्षअघि नै ५२ बिघा जग्गा अधिग्रहण गरेपनि भारतले अधिग्रहण नगर्दा एकीकृत भन्सार जाँच चौकी निर्माण कार्य पछि धकेलिरहेको छ ।

अन्नपूर्ण अर्थतन्त्रले बिमाको सेयर आम्दानी घटेको खबरलाई मुख्य बनाएको छ । बिमा प्रदायक एसियन, नेसनल, नेपाल लाइफ, सुर्या र प्राइम लाइफको प्रतिसेयर आम्दानी घटेको हो । त्यस्तै सरकारले सेवा सुविधामा रोग लगाउन थालेपछि एक सय शय्यामाथि क्षमताका तारे होटलले वातावरणीय प्रभाव मुल्यांकन गराउन थालेका छन् ।

अर्थमन्त्रीले बन्द उद्योग सञ्चालन गर्न आग्रह गरेको, कृषिमा अनुदान पाउन घुस खुवाउनुपर्ने बाध्यतामा किसान रहेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेको तथा बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनालाई लक्षित गरी विभिन्न समयमा भएका विष्फोटका घटना रहस्यमय बन्दै गएको खबर छापिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ११ बजे

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५