बार्सिलोनाले हरायो रियललाई « Khabarhub

बार्सिलोनाले हरायो रियललाई


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत स्पेनिस महारथी बार्सिलोनाले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ । ला लीगामा बार्सिलोनाविरुद्ध बलियो उपस्थिति जनाएको भाल्लाडोलिडविरुद्ध बार्सिलोनाले खेलको ४३ औं मिनेटमा गोल गर्‍यो ।

बार्सिलोनाले पाएको पेनाल्टीको उचित सदुपयोग गर्दे मेसीले पहिलो गोल गरे । यो गोलसँगै ४३ औं मिनेटसम्म गोलरहित बराबरी खेलेका टीममा बार्सिलोनाले अग्रता लियो । यहि अग्रतालाई जोगाउँदै भाल्लाडोलिडलाई पराजित गरेको हो ।

योसँगै मेसीले बार्सिलोनाका लागि यो सिजनमा ३० गोल भएको छ । पहिलो पेनाल्टीमा मेसीले गोल गरेपनि ८५ औं मिनेटमा पाएको दोस्रो पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहारलाई भाल्लाडोलिडका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

जीतसँगै बार्सिलोना ५४ अंक सहित ला लीगाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा ४७ अंक रहेको एट्लेटिको मड्रिड छ । त्यस्तै ४५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : २६ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ