बार्सिलोनाले हरायो रियललाई « Khabarhub

बार्सिलोनाले हरायो रियललाई


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत स्पेनिस महारथी बार्सिलोनाले रियल भाल्लाडोलिडलाई पराजित गरेको छ । ला लीगामा बार्सिलोनाविरुद्ध बलियो उपस्थिति जनाएको भाल्लाडोलिडविरुद्ध बार्सिलोनाले खेलको ४३ औं मिनेटमा गोल गर्‍यो ।

बार्सिलोनाले पाएको पेनाल्टीको उचित सदुपयोग गर्दे मेसीले पहिलो गोल गरे । यो गोलसँगै ४३ औं मिनेटसम्म गोलरहित बराबरी खेलेका टीममा बार्सिलोनाले अग्रता लियो । यहि अग्रतालाई जोगाउँदै भाल्लाडोलिडलाई पराजित गरेको हो ।

योसँगै मेसीले बार्सिलोनाका लागि यो सिजनमा ३० गोल भएको छ । पहिलो पेनाल्टीमा मेसीले गोल गरेपनि ८५ औं मिनेटमा पाएको दोस्रो पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहारलाई भाल्लाडोलिडका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

जीतसँगै बार्सिलोना ५४ अंक सहित ला लीगाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा ४७ अंक रहेको एट्लेटिको मड्रिड छ । त्यस्तै ४५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : २६ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि