भारत हुँदै तेस्रो देश हिँडेकाको ‘कहर’ : एजेन्टले पैसा र ‘जवानी’ दुबै लुटे ! « Khabarhub

भारत हुँदै तेस्रो देश हिँडेकाको ‘कहर’ : एजेन्टले पैसा र ‘जवानी’ दुबै लुटे !


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली-सरकारले वाध्यकारी रोजगारीका लागि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने योजना बनाइरहेको छ । तर, नेपाली युवायुवती भने रोजगारीकै नाममा मानव वेचबिखन गर्ने गिरोहको फन्दामा पर्ने क्रम कम भएको छैन ।

आकर्षक रोजगारीको प्रलोभनमा परेका उनीहरु छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् । म्यानपावर कम्पनी, एजेन्ट तथा दलालको प्रलोभनमा पर्ने नेपाली युवा भारतसहितका विभिन्न देशमा अलपत्र परेका छन् ।

भारतबाट पोल्याण्ड, पोचुर्गल, इजरायल, हंङकङ, ब्रुनाई, नर्वे, क्यानडा, जापान र अमेरिकालगायतका देशमा पुग्ने अपेक्षासहित दलालको सम्पर्कमा पुग्नेहरु आर्थिक रुपमा लुटिएर विभिन्न शहरमा अलपत्र परेका छन् । यसरी अलपत्र पर्ने नेपालीको संख्या भारतमा ४ हजार भन्दा बढी रहेको समाचार यसअघि नै खबरहवमा पोस्ट भइसकेको छ । अलपत्र परेकाको उद्धारका लागि दूतावास र भारतीय प्रहरीले एक्सन पनि अघि बढाएको छ।

भारतीय भूमि हुँदै विदेश पठाइने नेपालीको अवस्था बुझ्न दिल्ली पुगेको खबरहवको टोलीले केही पीडितहरुलाई भेट्दा मेनपावर एजेन्ट र दलालले मानव तस्करी चलाइरहेको खुलेको छ ।

दिल्लीको जीवि रोडमा भेटिएका धनुषाका राममनोज यादव पोल्याण्ड जान पैसा खर्च गरेर ठगिएका व्यक्ति हुन् । एजेन्ट काभ्रेका कविमान तामाङको कुरा सुनेर आफू दिल्लीमा आएको उनले बताए । ‘दिल्ली जाँदा लाग्ने खर्च ८० हजार रूपैयाँ अहिले तिर्नुपर्छ । सबै डकुमेन्ट तयार भयो । पोल्याण्डको प्लास्टिक कम्पनीमा भिसा लाग्यो भनेर मलाई दिल्ली बोलाइयो,’ यादवले भने, ‘नचिनेको मान्छेलाई विश्वास गर्दा मेरो चार लाख गुम्यो, राहदानी पनि उसैले लगेको छ । अहिले पैसा खाने मान्छेको खोजीमा भौतारिरहेको छु ।’

दिल्लीको बारखम्मा रोडमा भेटिएका गोरखाका दिपेन्द्र मगरको पीडा पनि यादवको भन्दा फरक छैन् । उनलाई रामेछापका विष्णुबहादुर कुँवरले क्यानडा पठाउनेभन्दै दिल्ली बोलाएका रहेछन् । ‘क्यानडामा सुरक्षा गार्डको कामका लागि भिसा लाग्यो भनेर मलाई दिल्ली बोलाइयो,’ मगरले भने, ‘हामीलाई नक्कली डिमान्ड लेटर देखाएका पाँच लाख रुपैयाँ तिर्न लगायो । अहिले हामीलाई होटलमा राखेर एजेन्ट भागेको छ । हामी पाँच जनालाई पहाडगञ्जको एउटा होटलमा राखेको छ ।’ आफूहरु घर फर्कने पैसा नभएर दिल्ली मै भौतारिरहेको पनि उनले सुनाए । एजेन्टले ठगेका धेरै युवाहरु दिल्लीमा काम खोज्दै बसिरहेको उनको भनाइ छ ।

बीएसी नसिङ सकेर काठमाडौंकै एक मेडिकलमा काम गरिरहेकी चितवनकी सुजाता (नाम परिवर्तन) पनि रोजगारीको लोभमा ठगिएकी छन् । काठमाडौं मै काम गरिरहेकी उनको दार्जेलिङ घर बताउने सविन कार्कीसँग चिनजान भयो । सविनले इजरायलमा आफ्नो ट्राभल एजेन्सी रहेको र नेपाली महिलालाई त्यहाँ राम्रो रोजगारीसँग कमाई पनि धेरै हुने प्रलोभव देखाएपछि उनले इजरायल जाने योजना बनाइन् ।

रोजगारीको प्रक्रिया पूरा गर्न दिल्ली जानुपर्ने सविनको प्रस्ताव सहजै स्वीकार गरेकी उनी नेपाली भूमिबाट बाहिरिँदै गर्दा पीडित बन्न थालिन् । ‘नेपाली सीमा कटेपछि एजेन्टले ममाथि गर्ने व्यवहारमा परिवर्तन आयो । तेरो अब यहाँ केही लाग्दैन यो भारत हो यहाँ जे गरेपनि हुन्छ भन्दै मलाई धम्क्यो,’ उनले भावुक हुँदै भनिन्, ‘म पटकपटक बलात्कारको शिकार पनि भएँ।’

आफ्नो अस्मिता लुटेसँगै एजेन्टले ३ लाख रुपैयाँ र आफ्नो राहदानी पनि लगेर बिचल्ली बनाएको गुनासो गरिन् । ‘एकतिर पैसा र राहदानी अनिसँगै इज्जत लुटियो । न्यायका लागि भारतस्थित नेपाली राजदूतावासमा गरेको पटकपटकको हारगुहारलाई त्यहाँका कर्मचारीले वास्ता गरेनन्,’ उनले भनिन्, ‘धेरै नेपाली महिला दिदीबहिनीहरु दिल्लीमा जबरजस्ती कल गर्ल बनाइदा पनि उनीहरुको सहयोग कसैले गरेको छैन् ।’ तेस्रो मुलुक जाने सपना बोकेर भारत आएका नेपाली महिला देह व्यापार गर्न बाध्य हुनुपरेको पनि उनले बताइन् ।

दिल्लीका पहाडगञ्ज, साकेत, जिबी रोड, ग्रीन पार्क, छतरपुर, कुतुब मीनार, सुल्तानपुर, मालवीय नगर, अर्जनगढ, राजिव चोक, सिकन्दपुर, जायपथ, रोहिणी सेक्टर, जहांगीर, बन्दीनगर र गुडगाँउलगायतका क्षेत्रमा वैदेशिक रोजगारीको प्रलोभनमा परी भारत गएका नेपाली उल्लेख्य संख्यामा भेटिने गरेका छन् ।

गरीबी, अशिक्षा, बेरोजगारी, कडा कानूनको अभाव र न्यायमा सहज पहुँच हुन नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढ्दो छ ।

रोजगारीका नाममा वर्षेनी खाडी, युरोपियन र अफ्रिकनलगायतका मुलकमा मानव बेचबिखन भइरहेको छ । रोजगारीमा गएको व्यक्तिलाई एउटा काम भनी अर्कोमा लगानी बेचबिखन नै रहेको अधिकारकर्मीहरु बताउँछन् । कुनै पनि नेपाली तस्करको हातमा पुगेर ठगिनु सामान्य विषय होइन । यो समस्याको साधानका लागि सरोकारवाला निकायले समयमै ध्यान दिई उचित कदम चाल्न आवश्यक छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ४२ बजे

साताको अन्तिम दिन १० अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले

काठमाडौं महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने  

काठमाडौं– काठमाडौं महानगरपालिकाले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क

इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह

एजेन्सी– पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहेका संस्थापक तथा पूर्व

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स