बालविवाह रोक्ने पूजारीको काइदा– २० वर्ष नपुगेकालाई लगन छैन ! « Khabarhub

बालविवाह रोक्ने पूजारीको काइदा– २० वर्ष नपुगेकालाई लगन छैन !


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।

तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताए । उनका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।

मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । “नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ”, उनले भने, “हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ ।”

बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उनको भनाइ छ । “हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ”, उनले भने, “उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ ।” कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए ।

तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका केन्द्र (न्यूसिपिसी)को सहकार्यमा नियमित अनुगमन र अभिमुखीकरण तालीमले गर्दा अहिले पुजारीले पनि बालविवाह रोक्दै आएका छन् ।

मन्दिरमा बालविवाह रोकेपनि गाउँघरमै बालविवाह गर्नेहरुको सङ्ख्यामा भने कमी आउन नसकेको न्यूसिपिसीका कार्यक्रम संयोजक भीम खत्रीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ४५ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर