कविता प्रतियोगिताका विजेतालाई ‘गोपी’ टिमले दियो पुरस्कार « Khabarhub

कविता प्रतियोगिताका विजेतालाई ‘गोपी’ टिमले दियो पुरस्कार


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘गोपी’ को कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । ‍निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे ।

‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका सहभागीहरूले पठाएका कवितामध्येबाट क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम भएको थियो । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किऊ तिमी’ कविता तृतीय भएका थियो ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ वितरण गरिएको हो । कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले कविता छानेका थिए । आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो ।

ती कविताबाट उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरिएको हो ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया