कविता प्रतियोगिताका विजेतालाई ‘गोपी’ टिमले दियो पुरस्कार | Khabarhub Khabarhub

कविता प्रतियोगिताका विजेतालाई ‘गोपी’ टिमले दियो पुरस्कार


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘गोपी’ को कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । ‍निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले शुक्रबार विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे ।

‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका सहभागीहरूले पठाएका कवितामध्येबाट क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम भएको थियो । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किऊ तिमी’ कविता तृतीय भएका थियो ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ वितरण गरिएको हो । कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले कविता छानेका थिए । आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो ।

ती कविताबाट उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरिएको हो ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : १८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको