मोदीवेणी धामबाट शालिग्राम चोरी « Khabarhub

मोदीवेणी धामबाट शालिग्राम चोरी


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणी धामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् ।

मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।

अज्ञात समूहले मन्दिरको ढोका फुटाएर शालिग्रामसहित दानपेटिकासमेत लगेको उनले बताए । “दानपेटिकामा भने खास पैसा थिएन”, बैरागीले भने, “शालिग्राम भने लगभग सात सय वर्ष अगाडिका हुन् ।” सबै शालिग्रामको तौल लगभग १०० किलो हुने भएकाले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुनसक्ने अनुमान उहाँको रहेको छ ।

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोरेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए । शालिग्राम एउटाको यति नै मूल्य पर्छ भन्ने यकिन छैन । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई रु १० हजारसम्म बिक्री गर्ने गरेको पाइन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : ०५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक