अमेरिका र उत्तर कोरियाका उच्च अधिकारी भियतनामको हनोईमा « Khabarhub

अमेरिका र उत्तर कोरियाका उच्च अधिकारी भियतनामको हनोईमा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति उत्तर काेरियाका एकजना वरिष्ठ अधिकारी भियतनामको हनोई आइपुग‍ेका छन् । दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा हनोईमा भेटवार्ता हुँदैछ ।

उत्तर कोरियाका प्रमुख सचिव कीम चाङ–सोनको नेतृत्वमा रहेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा एक दर्जन बढी उच्च अधिकारीहरु पनि रहेका छन् ।

भियतनामी अधिकारीहरुका अनुसार, सचिव कीमले बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग छलफल गरेका छन् । स्रोतका अनुसार उत्तर कोरियाली अधिकारीहरुले प्रोटोकल, सुरक्षा र अन्य व्यवस्थाका बारेमा जानकारी लिनेछन् ।

अमेरिकी राष्ट्रपतिका सहयोगी ड्यानियल वाल्स र अन्य वरिष्ट अधिकारी पनि शुक्रबार नै हनोई अ‍ाइपुगेका छन् । उनीहरुले पनि बैठकको तयारीका बारेमा भियतनामी अधिकारीहरुसँग परामर्श गरेका छन् ।

दुबै नेताबीचको दोस्रो शिखर बैठकमा पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामाथि छलफल गरी ठोस सहमति हुने अपेक्षा गरिएको छ । सिंगापुरमा गत वर्ष जुनमा भएको वार्तामा पनि आणविक निःशस्त्रीकरण गर्ने सम्झौता भएको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।

सिंगापुर सम्मेलनयता उत्तर कोरियाले क्षेप्यास्त्र इन्जिन र आणविक परीक्षण केन्द्र नष्ट गरेको दाबी गरिरहेको छ । तर उक्त कार्यको अन्तर्राष्ट्रिय स्तरबाट स्वतन्त्र पुष्टी नगरिएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया