आर्थिक कूटनीतिमा जोड दिने राजदूतहरुको प्रतिवद्धता « Khabarhub

आर्थिक कूटनीतिमा जोड दिने राजदूतहरुको प्रतिवद्धता


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न देशका लागि नवनियुक्त राजदुतहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनेभाका लागि नवनियुक्त नेपाली राजदुत मणिप्रसाद भट्टराई, थाईल्याण्डका लागि नेपाली राजदुत गणेशप्रसाद ढकाललगायतका राजदुतहरुले मुलुकको समृद्धिको सपना पूरा हुने गरी राजदूतको रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जेनेभाका लागि नवनियुक्त राजदुत भट्टराईले नेपालको व्यापारमा पहुँच बढाउन विश्व व्यापार संगठनसँग सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली वस्तुको बजार पहुँचका लागि आफूले गर्नुपर्ने पहलका बारेमा आवश्यक सुझाव दिन नेपालका उद्योगीहरुलाई आग्रह गरे ।

त्यसैगरी थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदुत गणेशप्रसाद ढकालले नेपालको व्यापार घाटा कम गर्न आफूले राजदुतको रुपमा उच्च प्राथमिकताका साथ काम गर्ने योजना अघि सारे । उनले नेपालको निर्यात व्यापारलाई बढाउन पनि आफूले पहल गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन नेपालका उद्योगीहरुको ध्यानाकर्षण पनि गराए ।

त्यस्तै, क्यानाडाका लागि नवनियुक्त राजदुत भृगु ढुंगानाले आर्थिक कूटनीतिलाई जोड दिने बताए । उनले नेपालमा अन्तराष्ट्रिय लगानी भित्रयाउन पहल गर्ने योजना अघि सार्दै त्यसका लागि आवश्यक सहकार्य गर्न नेपालका उद्योगीहरुसँग आग्रह गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ३५ बजे

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

खोटाङ– खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

झापा– नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

काठमाडौँ– कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका काम प्रभावित

कञ्चनपुर– पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ– बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका