भारत जाने एन्फा यु–२१ टोलीको बिदाइ « Khabarhub

भारत जाने एन्फा यु–२१ टोलीको बिदाइ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको गुवाहाटीमा हुने डा टी आओ फुटबल च्याम्पियन्सिप खेल्न जाने एन्फा यु—२१ टोलीको विदाइ गरेको छ । आइतबार एन्फाका महासचिव इन्दमान तुलाधर, उपाध्यक्ष कृष्ण थापासहितको टोलीले भारत जाने टोलीको बिदाइ गरेका हुन् । आइतबार बिदाइ गरिएको टोली सोमबार ११ बजे भारततर्फ प्रस्तान हुने एन्फाले जनाएको छ ।
बिदाइ कार्यक्रममा बोल्दै एन्फा महासचिव इन्दमान तुलाधनर नेपाली फुटबलको विकासका लागि यस्ता प्रतियोगिताहरुमा छुट्टा छुट्टै टिम बनाएर पठाउने गरेको बताउँदै राम्रो खेलेर देशको इज्जत बढाउन आग्रह गरे ।

‘यस्ता प्रतियोगिताले राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले नै यस्ता प्रतियोगितामा नयाँ टिम बनाएर पठाएका हौं,’ महासचिव तुलाधरले भने, ‘तपाईहरुले त्यहाँ अनुशासित भएर राम्रो खेलेर आउनुस् एन्फा अवसर दिन तयार छ ।”

एन्फाले २० जना खेलाडी प्रशिक्षक टोली ३ जना तथा ५ जना अफिसियलसहित २८ जना भारत जान लागेका हुन् । टोलीको कप्तानी छिरिङ गुरुङले सम्हाल्नेछन् । यस्तै, टोलीमा गोलरक्षकतर्फ सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी रहेका छन् ।
डिफेन्डरतर्फ राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ हुँदा मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी रहेका छन् । फरवार्डमा रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ छन् ।

एन्फाको खेलाडी छनोट समितीले वैकल्पिक खेलाडीका रुपमा गोलकिपरमा अभिषेक बराल र डिफेन्डरमा शनिस श्रेष्ठ तथा मिडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्कालाई राखेको छ ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठलाई दिएको छ भने सहायक प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गरिएको छ । गोलरक्षक प्रशिक्षकका रुपमा चन्नुराम चौधरीको नाम रहेको छ ।

यस्तै, बिदाइ कार्यक्रममा उपस्थित एन्फा उपाध्यक्ष कृष्ण थापाले खेलाडीको उत्प्रेरणाका लागि प्रतियोगितामा सहभागिता जनाएको बताएका छन् । प्रतियोगिता फ्रेबु्रअरी १९ देखि २८ सम्म चल्नेछ ।

भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालीमेरेन आओको सम्झनामा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ३३ बजे

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित