भारत जाने एन्फा यु–२१ टोलीको बिदाइ « Khabarhub

भारत जाने एन्फा यु–२१ टोलीको बिदाइ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको गुवाहाटीमा हुने डा टी आओ फुटबल च्याम्पियन्सिप खेल्न जाने एन्फा यु—२१ टोलीको विदाइ गरेको छ । आइतबार एन्फाका महासचिव इन्दमान तुलाधर, उपाध्यक्ष कृष्ण थापासहितको टोलीले भारत जाने टोलीको बिदाइ गरेका हुन् । आइतबार बिदाइ गरिएको टोली सोमबार ११ बजे भारततर्फ प्रस्तान हुने एन्फाले जनाएको छ ।
बिदाइ कार्यक्रममा बोल्दै एन्फा महासचिव इन्दमान तुलाधनर नेपाली फुटबलको विकासका लागि यस्ता प्रतियोगिताहरुमा छुट्टा छुट्टै टिम बनाएर पठाउने गरेको बताउँदै राम्रो खेलेर देशको इज्जत बढाउन आग्रह गरे ।

‘यस्ता प्रतियोगिताले राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले नै यस्ता प्रतियोगितामा नयाँ टिम बनाएर पठाएका हौं,’ महासचिव तुलाधरले भने, ‘तपाईहरुले त्यहाँ अनुशासित भएर राम्रो खेलेर आउनुस् एन्फा अवसर दिन तयार छ ।”

एन्फाले २० जना खेलाडी प्रशिक्षक टोली ३ जना तथा ५ जना अफिसियलसहित २८ जना भारत जान लागेका हुन् । टोलीको कप्तानी छिरिङ गुरुङले सम्हाल्नेछन् । यस्तै, टोलीमा गोलरक्षकतर्फ सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी रहेका छन् ।
डिफेन्डरतर्फ राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ हुँदा मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी रहेका छन् । फरवार्डमा रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ छन् ।

एन्फाको खेलाडी छनोट समितीले वैकल्पिक खेलाडीका रुपमा गोलकिपरमा अभिषेक बराल र डिफेन्डरमा शनिस श्रेष्ठ तथा मिडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्कालाई राखेको छ ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठलाई दिएको छ भने सहायक प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गरिएको छ । गोलरक्षक प्रशिक्षकका रुपमा चन्नुराम चौधरीको नाम रहेको छ ।

यस्तै, बिदाइ कार्यक्रममा उपस्थित एन्फा उपाध्यक्ष कृष्ण थापाले खेलाडीको उत्प्रेरणाका लागि प्रतियोगितामा सहभागिता जनाएको बताएका छन् । प्रतियोगिता फ्रेबु्रअरी १९ देखि २८ सम्म चल्नेछ ।

भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालीमेरेन आओको सम्झनामा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ३३ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि