नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह « Khabarhub

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । लगानीमैत्री वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पारे । आइतबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को उद्घाटन गर्दै उनले वैदेशिक लगानीलाई नेपालमा खुला हृदयले स्वागत गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले सूर्य नेपाल, डावर नेपाल लगायतका कम्पनी सानो लगानी गरेर फैलिएकोतर्फ पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले नेपालमा विकास, निर्माणको कामलाई अघि बढाउन सरकारले सुशासनको उपयुक्त वातावरण बनाएको दावी गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ३८ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा