६१ करोड ७० लाखभन्दा धेरै अकाउ‍न्टका डाटा चोरी, तपाईंको त परेन ? « Khabarhub

६१ करोड ७० लाखभन्दा धेरै अकाउ‍न्टका डाटा चोरी, तपाईंको त परेन ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै एक सामान्य फाइल शेयरिङ वेबसाइटमार्फत् ७७ करोड ईमेल आईडी तथा पासवर्ड शेयर गरिएको थियो । यस्तै अर्को नयाँ विषय बाहिर आएको छ । केही समय अगाडि १६ लोकप्रिय अनलाइनका ६१.७ करोड इमेल अकाउण्टका डिटेल चोरी भएको विषय सार्वजनिक भएको छ ।

चोरी गरिएका अकाउण्टका डिटेल डार्क वेबमा विक्रीका लागि राखिएको छ । यसको मूल्य २० हजार बिट्क्वाईन राखिएको छ । यी पूरा डाटाबेस टोर ब्राउजरबाट साइबर सोक नामक डार्कवेबबाट खरिद गर्न सकिन्छ ।

द रजिष्टरका अनुसार डबमाशका १६ करोड २० लाख, माइफिटनेशपालका १५ करोड १० लाख, माई हेरिटेजका ९ करोड २० लाख, शेयर दिसका ४ करोड १० लाख, हाउटु लुकका २ करोड ८० लाख, अनि मोतोका २ करोड ५० लाख, आईएमका २ करोड २० लाख, एट फिटका २ करोड, ह्वाईट पेजेज्का १ करोड ८० लाख, फुटलगका १ करोड ६० लाख, फइभ हण्ड्रेड पीएक्सका १ करोड ५० लाख, अर्मर गेम्सका १ करोड १० लाख, बुकमेटका ८० लाख, कफि मिट्स बगेलका ६० लाख, आट्र्ससेका १० लाख तथा डेटा क्याम्पका ७ लाख इमेल चोरी गरिएको छ ।

यदी कसैले यी वेबसाइट प्रयोग गर्छन् भने उनीहरुको डेटा चोरी भएको हुनसक्ने संभावना धेरै छ ।

यी अकाण्टका डिटेल कैयौँ जीबीमा रहेको बताइएको छ भने यसमा अकाण्ट होल्डरका नाम, इमेल ठेगााना तथा पासवर्ड राखिएको छ । त्यसबोहक यहाँ अकाण्टका अन्य जानकारी समेत छन् ।

यी अकाण्टलाई ह्याकर्स तथा स्पमार्सहरुले खरिद गर्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ७ : ४२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६