कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा « Khabarhub

कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएकाे भन्दै कश्मीरमा आमहड्ताल भएको हाे ।

कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले पनि समर्थन गरेको जनाइएको छ ।

स्थितीलाई नियन्त्रण गर्न कश्मीरमा कर्फ्यू जारी गरिएको थियो । तीब्र गतिको मोबाइल इन्टरनेट बन्द गरिएका थिए । त्यस्तै जातीय दंगा हुनसक्ने आशंकाबीच जम्मुमा तीन दिनयता लगाइएको कर्फ्यू आइतबार पनि जारी  रह्यो ।

गत बिहीबार भारत प्रशासित कश्मीरको पुलावामा भारतीय सिआरपीएफ अर्धसैनिक बलको सवारी लस्करलाई निशाना बनाएर गरिएको आत्मघाती आक्रमणमा ४० जना भन्दा बढी अर्धसैनिकको ज्यान गएको थियो ।

आक्रमणको जिम्मा प्रतिबन्धित संगठन जैश ए मोहम्मदले लिएको थियो । आक्रमणपछि जम्मु तथा भारतका अन्य राज्यमा बसोबास गर्दै आएका कश्मीरीलाई लक्षित गर्दै मानिसहरुको भीडले आक्रमण तथा दुव्र्यवहार गरेको समाचार आएको थियो ।

कश्मीरमा विकसित पछिल्ला घटनाक्रमबाट भारतमा कश्मीरीलाई लक्षित गर्दै जातीय दंगा हुनसक्ने चिन्ताहरु व्यक्त भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ४१ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न