अभियुक्त सार्वजनिक « Khabarhub

अभियुक्त सार्वजनिक


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न अपराधमा संलग्न रहेकालाई सार्वजनिक गरेको छ । परिसरमा आइतबार पत्रकार सम्मेलन गरी भक्तपुर नगरपालिका–९ च्याम्हासिंह चोकमा चोरी गरी ल्याइएका काठ र काठ बोक्ने बा ४ ख ३५९३ नंको निशान ट्रकसहित चोरीमा संलग्न व्यक्ति र चोरीका काठ किन्ने व्यापारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गेलु गाउँपालिका–११ अमभोटे घर भई हाल काठमाडौँ जडीबुटीमा बस्ने १९ वर्षीय राजन नेपाली, रामेछाप गेलु गाउँपालिका–१ साउने घर भई हाल भक्तपुर सूर्यविनायक–६ बस्ने २४ वर्षीय मोहनलाल तामाङ, रौतहट राजदेवी नगरपालिका–८ लक्ष्मीपुर घर भई हाल सूर्यविनायक–३ बालकोट जयमा दुर्गा काठ फर्निचर सञ्चालक २८ वर्षीय रामविनय ठाकुर, सूर्यविनायक नगरपालिका–२ बालकोटका श्रीराम काठ फर्निचर सञ्चालक ४३ वर्षीय हरिगोविन्द श्रेष्ठ रहेका छन् ।

त्यसैगरी स्कुटरको प्रयोग गरी दुई जनाले गत २९ गते एकै दिन बिहान र दिउँसो सूर्यविनायकमा तथा अपराह्न भनपा–९ लिवालीमा पैदल हिँड्दै गरेका महिलाको हाते झोला लुट्ने गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

महानगरीय प्रहरी प्रभाग कटुञ्जेबाट खटिएको प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घटनामा संलग्न काभ्रे तिमाल गाउँपालिका–९ बस्ने १९ वर्षीय देव तामाङ भन्ने अविरल तामाङलाई पक्राउ गरेको र घटनामा संलग्न दुईको खोजी कार्य जारी राख्दै अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताए ।

त्यस्तै काभ्रे पनौती नगरपालिका–१० का ३२ वर्षीय चालक अजय परियार, सहचालक १९ वर्षीय रमेश परियार, मकवानपुर बागमती गापा–६ घर हुने २५ वर्षीय रमेश दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । फरार दुई जनाको खोजी जारी राखी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै