एक नेपाली, एक फलफूलको बिरुवा « Khabarhub

एक नेपाली, एक फलफूलको बिरुवा


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यावरणीय सन्तुलन तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत असारसम्ममा ४५ लाख हाराहारी बिरुवा रोपिएको छ ।

अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोप्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर अभियान शुरु गरे। त्यसबेला प्रधानमन्त्रीले सिंहदरबार परिसरभित्र लिची र एभोकाडोको बिरुवा रोपेका थिए ।

प्रधानमन्त्री ओलीले यो अभियानलाई एक वर्षमा सीमित नगरी निरन्तरता दिन आग्रह गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं अभियानका संयोजक विनोदबहादुर कुँवरका अनुसार फलफूलका बिरुवा रोपेर देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजनासहित यो अभियान थालिएको हो । उनले यो अभियान सरकारको मात्र नभई सबैको हुनुपर्ने भन्दै बिरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउन सबैसँग आग्रह गरे।

उनले उपलब्ध गराएको तथ्याङ्कअनुसार असारसम्म गण्डकी प्रदेशमा १३ लाख ४८ हजार ६७, प्रदेश ५ मा दश लाख ८३ हजार ६७, प्रदेश ३ मा पाँच लाख २९ हजार ७२६ बिरुवा रोपिएको छ ।

त्यसैगरी सो अवधिमा कर्णाली प्रदेशमा पाँच लाख १५ हजार ७३४, प्रदेश १ मा तीन लाख ९५ हजार ४९९, सुदूरपश्चिम प्रदेशमा तीन लाख १८ हजार ८८८ र प्रदेश २ मा ७५ हजार ६३९ गरी सातवटै प्रदेशमा जम्मा ४२ लाख ६६ हजार ६२० बिरुवा रोपिएको जानकारी उनले दिए । सबैभन्दा बढी गण्डकी प्रदेशमा र सबैभन्दा कम प्रदेश २ मा वृक्षरोपण गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार सो अवधिमा देशभरि नेपाली सेनाबाट ९० हजार ७५४, नेपाल प्रहरीबाट ७५ हजार ४७९, सशस्त्र प्रहरीबल नेपालबाट २८ हजार ५५६ र बैङ्क तथा वित्तीय संस्था एवं विभिन्न सामाजिक सङ्घसंस्थाबाट देशभरि २५ हजार ४०० गरी जम्मा दुई लाख बीस हजार १८९ वृक्षरोपण गरिएको छ ।

फलफूलका बिरुवालाई प्राथमिकता

चालू वर्षको सरकारको नीति तथा कार्यक्रममा समेत वनका हरेक नर्सरीमा ३० प्रतिशत फलफूलका बिरुवा अनिवार्य रूपमा उत्पादन गर्ने उल्लेख गरिएको छ । अब वन मन्त्रालयबाट उत्पादन गरिने बिरुवामध्ये ३० प्रतिशत फलफूलको हुने छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ३० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्न वन मन्त्रालयमा परिपत्र भइसकेको छ । अभियान सफल पार्न सबै जिल्लाका प्रमुख, जिल्ला अधिकारी तथा ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

सिंहदरबारभित्र खाली रहेका ठाउँमा पनि फलफूलका बिरुवा लगाउने क्रम जारी छ । एक ठाउँमा एउटा निश्चित प्रकारका फलफूलका बिरुवा रोप्ने अभियानअन्तर्गत परिसरमा ल्वाङ, हर्रोबरो जातिका बोटबिरुवा लगाउँदै आइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ३४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको