वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन « Khabarhub

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्रै चलचित्र  र नाटकमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्र ‘बासुदेव’, ‘चिनो’, ‘स्वर्ग’, ‘बादल पारि’, ‘बेहुली’ लगायत कैयन् हिट छन् ।

नेपाली रंगमञ्चका क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेकी सुभद्राले बाल्यकालदेखि नै नाटक र नृत्यमा सधै अग्रसर रहिन् । उनले बासु शशि, विजय बहादुर मल्ल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा लगायतका नाटकमा समेत अभिनय गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘मनको बाँध’ थियो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा शुरु गरेकी थिइन् ।

अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।

पछिल्लो समय भने सुभद्रा समाजसेवामा बढी सक्रिय थिइन् । उनको निधनले नेपाली चलचित्र क्षेत्रमा क्षति पुगेको भन्दै कलाकारले दुःख प्रकट गरेका छन् । लामो समय देखि दम रोगले पिडित अधिकारीको आजै पशुपति स्थित बिद्युतीय शवदाह गृह अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ३५ बजे

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ