पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला « Khabarhub

पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गङ्गा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरु गरेको छ । कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तक बाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम शुरु गरेको हो ।

शुक्रवारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले तीन घण्टा शिक्षक र विद्यार्थीलाई एकैसाथ पुस्तक पठन सीप मेलामा सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई किताब पढ्ने बानीको विकास गराउन नयाँ शैक्षिक कार्यक्रम शुरु गरिएको प्रधानाध्यापक देवराज देवकोटाले बताए ।

‘पुस्तक पठन मेलाले विद्यार्थीमा उत्साह बढ्दो छ, विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक थप बाहिरी क्षेत्रका ज्ञान सीप सिकाउन यसवर्ष शैक्षिक कार्यक्रमअन्तर्गत नयाँ कार्यक्रमका रुपमा पुस्तक पठन मेला कार्यक्रम शुरुवात गरेका छौँ’, उनले भने।

पाठ्यपुस्तकमा मात्र नभइ बाहिरी कुराको ज्ञान सिकाउन गरिएको सो कार्यक्रम विद्यार्थीका लागि अत्यन्तै राम्रो रहेको कक्षा १० मा अध्ययनरत छात्रा साधना न्यौपानेले बताए । विद्यालयले कक्षा ३ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई सो मेलामा समावेश गराइएको छ । पाठ्यपुस्तकमा मात्र केन्द्रित नभइ विभिन्न क्षेत्रसँग सम्बन्धित कुरा जान्ने र बुझ्ने अवसर विद्यालयले सिर्जना गरेको कक्षा १० कै छात्र सन्तोष श्रेष्ठले बताए।

कार्यक्रम शुरु गरेपछि ठूला ठूला वैज्ञानिक तथा आविष्कारका पुस्तक, पुराना तथा नयाँ पुस्तक खोजीखोजी विद्यार्थीले पढ्न थालेका बताइएको छ । बाह्य किताब पढ्ने बानीको विकासका लागि पुस्तक पढ्ने मेलाको आयोजना गरेको विद्यालयले जनाएको छ । नमूना विद्यालयका रुपमा छनोटमा परेको यस विद्यालयमा प्रर्याप्त खेलमैदान, प्रयोगात्मक सामग्री, पुस्तकालयको राम्रो प्रबन्ध छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : २९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले