रविलाई भेट्न गए कांग्रेस नेता बडु, हिरासतमा रहेका लामिछानेले यसो भने « Khabarhub

रविलाई भेट्न गए कांग्रेस नेता बडु, हिरासतमा रहेका लामिछानेले यसो भने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेलाई भेट्न चितवन पुगेका छन् ।

चितवन पुगेका बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् ।
कुनै पूर्वाग्रह नराखि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।

नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग पनि भेट गरेका छन् ।

आफूसँगको भेटमा लामिछानेले निष्पक्ष छानविनमा सघाउन आफू तयार रहेको बताएको बडुले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।
यससँगै रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

जसका कारण भरतपुर क्षेत्र तनावग्रस्त बनेको छ । लामिछानेका समर्थकले शुक्रवार प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने शनिवार प्रहरीको भ्यानमाथि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : ३४ बजे

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल