रविलाई भेट्न गए कांग्रेस नेता बडु, हिरासतमा रहेका लामिछानेले यसो भने « Khabarhub

रविलाई भेट्न गए कांग्रेस नेता बडु, हिरासतमा रहेका लामिछानेले यसो भने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेलाई भेट्न चितवन पुगेका छन् ।

चितवन पुगेका बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् ।
कुनै पूर्वाग्रह नराखि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।

नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग पनि भेट गरेका छन् ।

आफूसँगको भेटमा लामिछानेले निष्पक्ष छानविनमा सघाउन आफू तयार रहेको बताएको बडुले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।
यससँगै रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

जसका कारण भरतपुर क्षेत्र तनावग्रस्त बनेको छ । लामिछानेका समर्थकले शुक्रवार प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने शनिवार प्रहरीको भ्यानमाथि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : ३४ बजे

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको