नेपालमा मार्क्सवाद र एशियाली दर्शन सम्मेलन हुने « Khabarhub

नेपालमा मार्क्सवाद र एशियाली दर्शन सम्मेलन हुने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने मार्क्सवाद र एशियाली दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधिको सहभागिता हुने आयोजक समितिका सदस्य सचिव डा प्रेमराज न्यौपानेले जानकारी दिए ।

सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवादी दर्शन, सङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एशियाली दर्शनको अध्ययन पद्धति, कला साहित्यलाई हेर्ने मार्क्सवादी दृष्टिकोण, मार्क्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एशिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्रसमेत जारी गरिने छ । यस विषयमा पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : ४९ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको