रविले भने– आन्दोलनमा एक जना घाइते भएभने हिरासतमा बसेको भन्दा पीडा हुन्छ | Khabarhub Khabarhub

रविले भने– आन्दोलनमा एक जना घाइते भएभने हिरासतमा बसेको भन्दा पीडा हुन्छ


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुंगा प्रहार गरेर आन्दोलनलाई बदनाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आह्वान गरेका हुन् ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश प्रसाईमार्फत आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आन्दोलनमा सहभागी कसैलाई पनि घाउ चोट लाग्ने अवस्था बन्न नहुने बताए ।

लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् । यदी एक जनापनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’

आफूलाई प्रहरी हिरासतमा बस्नुको पीडा भन्दा टेलिभिजन कार्यक्रममा रोकिएका विषयको चिन्ता बढी भएको उनले बताएको प्रसाइले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा सुनाए ।

रविले प्रसाईसँग भने,‘मलाई जेलमा राखिरहँदा कतिले कतिलाई ठगिसके कतिले कतिको पैसा खाइसके । म एक मात्र जेलमा परेको छैन जनताको आशा सिधा कुरा पनि जेल परेको छ ।’

लामिछानेले आन्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भन्नका लागि आफ्ना समर्थकहरु सचेत रहनुपर्ने बताएको प्रशाइले भने ।

आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा प्रयोग नगर्न उनले सबैमा आह्वन गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : १६ बजे

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको